कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास भन्ने कुरा एमाले आएपछि मात्र जनताले देखेकाे बताएका छन् । बुधबार एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने, 'एमाले आयो र जनताले विकास देखे, एमाले आउनुअघि याे देशमा विकास नै देखिएको थिएन ।'
उनले अहिलेको गठबन्धन सरकार विदेशीको जालझेलमा चलेको आरोप समेत लगाए । उनले २०८४ मा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरे । उनले आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी र विरोध गरेको भएपनि एमाले पार्टी यस्तो कुरामा नअल्मलिने बताए ।
उनले सुन तस्करी अहिलेको गठबन्धन सरकारले बाहेक अरूले गर्दै नगरेको दाबी गरे । गठनन्धनले तस्करी रोक्ने होइन झन् झन् बढाउँदै गएको उनको भनाइ थियो । 'गठबन्धन सरकारले तस्करी रोक्छु भन्छ झन् बढाउँदै गएको छ, भ्रष्टचार घटाउँछौं भन्छ झन् बढाउँदै गएको छ' उनले भने । गठबन्धन सरकारको १० टाउका भएको आरोप समेत लगाए । कर्णालीमा सयौं विकासका सम्भावना भएपनि अझै पनि देशकै विकट प्रदेश भएको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies