काठमाडौं : साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो ।
टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए ।
त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे । दिनेश सिंह सौवम र रिक्की हओबमको प्रहार विफल भएको थियो । यसअघि खेलको निर्धारित समयसम्मको खेल १–१ गोलको बराबरी सकिएपछि खेल टाइब्रेकरबाट पुगेको हो ।
खेलमा पहिलो अग्रता भने भारतले लियो । खेलको २६औं मिनेटमा भारतका खेलाडी गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट गोल गरे । त्यसपछि खेलको ७४ मिनेटमा नेपालका समीर तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । उनले दीपक थापा मगरको असिस्टमा हेड गोल गरेका हुन् ।
यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ । जितसँगै भारतले फाइनल खेलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ । फाइनल खेल यही शनिबार हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies