काठमाडौं : आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृस्ट १२ स्टार्टअप, उत्कृस्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृस्ट १४ प्रोडक्ट सार्वजनिक भएका छन् । विधा ए अन्तर्गत स्टार्टअप, प्रोडक्ट र राइजिंग स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को छनोट प्रक्रिया जारी छ । उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजिज प्रालि, भोजमाण्डु फुड प्रलि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, लेन्समी अप प्रालि, नेपाट्रोनिक्स इन्जिनियरिङ सोलुसन प्रालि, क्विकफक्स कन्सल्टिङ प्रालि, रासन टेक्नोलोजिज प्रालि, स्टेलर कम्प्युटर सिस्टम प्रालि, टास्क सेवा प्रालि, अपटाउन प्रालि र यार्सा टेक प्रालि रहेका छन् ।
यस्तै उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनमा ब्ल्यांकसर, ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्स, क्याटल मोनिटरिङ सिस्टम, डिजाइन एण्ड फ्याब्रिकेसन अफ इलेक्ट्रिक थ्रीह्विलर, ड्रेसन, दृश्य इपिसेन्टर होस्टिङ, इन्टर्नसाथी, लोचन, ओम्निकल, प्रष्ट नेपाली, स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट रिकग्निसन र वेयरप्लान मिरर रहेका छन् ।
त्यसैगरी उत्कृष्ट १४ प्रोडक्टमा विधि एचआरएमएस एण्ड पेरोल सफ्टवेयर, बिस्कुन डटकम, डिजिबज, ईमेडिवेयर, फास्ट बैंकिङ, जस्टचेक, खातापाना, मनिमित्र, निजी पावर, क्विकआरपीए, सफा नेपाल, सिंगेज प्लस र यात्री पी–वान रहेका छन् । उत्कृस्ट १२ ले छनौट प्रक्रिया अन्तर्गत अब स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेसन् र स्पिड डेटिंङ सेसनमा सहभागी हुनेछन् । उक्त सेसनहरुबाट उत्कृस्ट ५ को छनौट भएर पब्लिक भोटिंङ संचालन हुनेछ । सर्बोत्कृष्ट छनौटको लागि फिल्ड भिजिट समेत हुनेछ ।
यसैगरी ब्यप्तिगत अवार्ड विधाहरु(बि)मा योनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् । विधा सि अन्तर्गत डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies