काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट व्यवस्था गरेको छ । बैंकका अनुसार ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात गर्दै नेपालीको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको हो ।
बैंकले स्वास्थ्य, श्रृगार र होटलतथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्रहकले डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरेर विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सुमेरु अस्पताल धपाखेल, ललितपुरको ओ.पि.डि र आई.पि.डि सर्भिसमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट दिएको छ । त्यसैगरी एशियन बुद्व होटेल सिद्घार्थनगर–६ मा फुड, व्याबरेज र ग्रिल बारमा १० प्रतिशत र भैरहवामा स्पामा २० प्रतिशत छुट सेवा लिन सकिन्छ । मल्ला फेन्सी आँबुखैरेनी–३, तँनहुमा पनि फेन्सी आइटमा १० प्रतिशत छुट सेवा लिन सकिन्छ ।
रिशु ब्यूटी पार्लर हेटौंडा–४, मकवानपुरमा एक हजार रुपैयाँ भन्दा बढी को सर्भिसमा लिदा १० प्रतिशत छुट लिन सकिन्छ । ब्यूटीफूल कलेक्सन बाँसबारी, काठमाडौंमा क्लोथ प्रोड्क्सनमा १० प्रतिशत र ब्याग र सुजमा ५ प्रतिशत छुट लिन सकिन्छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथव क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies