काठमाडौं : हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । अल्पसंख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तैः कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिति रहेको अवस्थामा गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरुको पहुँच हुनेगरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ ।
अब विदेशमा बसी सो बैंकमार्फत् मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरी यो सेवा लिनसक्ने बैंकले जनाएको छ । साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्ने छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies