काडमाडौं : सिटिजन लाइफ इन्स्याोरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयर सिएलआर्ई सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको चुक्ता मूल्य १ सय रुपैयाँ कामय भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । आज कम्पनी र नेप्सेबीच शेयर सूचिकरण सम्बन्धी सम्झौता भएको हो ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल मार्केट रहेको छ । सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी ) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सूचीकृत भएको हो ।
कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेञ्ज दिएको छ । पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies