काठमाडौं : सूर्य नेपाल प्रालिको उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी नियुक्त भएकी छिन् । नेपालमै सर्वाधिक रुचाइएको अगरबत्ती ग्राहकहरूको आवश्यकतालाई आत्मसाथ गरी विभिन्न सुगन्ध तथा प्याक साइजहरूमा उपलब्ध छ ।
आफ्ना उत्पादनलाई अझ सशक्त रुपमा ग्राहकहरूमा पु¥याउन तथा आफ्नो उत्पादनहरूको प्रवद्र्धन गर्न सिवाकोटीसँगको सहकार्यले मद्दत पुग्ने कम्पनीको विश्वास छ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयमार्फत चर्चामा रहेकी सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजनाहरूका साथै मंगलदीप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ ।
अभिनेत्री सिवाकोटीले आफू पनि पूजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएकाले मंगलदीपजस्तो गुणस्तरीय ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेंडर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्रीलगायतका उत्पादनहरू बजारमा उपलब्ध छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies