राजेन्द्र महतो/मध्यान्ह
लहान : उद्योग वाणिज्य संघ सिरहा लहानको ३४ आंै वार्षिक साधारण सभा सम्पन्न भएको छ । लहानका मेयर महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा लहानको मरवाडि सेवा सदनमा साधारणसभा सम्पन्न भएको हो ।
मेयर चौधरीले लहान नगरमा पर्यटन भित्र्याउन धार्मिकस्थल तथा अनेकन क्षेत्रका भौतिक संरचना निर्माणका कार्यहरु अगाडि बढाएको बताए । कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेले व्यापार व्यवसायकर्मीलाई अनुचित किसिमले दुःख दिनेलाई प्रशासनले कारबाही गर्ने बताए ।
त्यस्तै निर्माण व्यवसायी संघ तथा लहान २४ का वडा अध्यक्ष रासलाल रायले लहान बजार मात्र सिमित नभइ २४ सैं वडामा रहेका हाटबजार तथा व्यवसायको विषयमा ध्यानाकर्षण गर्न वाणिज्य संघलाई आग्रह गरे ।
मधेश प्रदेशका उपाध्यक्ष राजेश अग्रवालले व्यापारीहरुलाई अनुगमन गरी हैरान गर्नु राम्रो नभइ सम्बन्धित निकायले अनुगमन गर्दा अप्ठ्यारो हुने वातावरण नबनाउन आग्रह गरे ।
उधोग वाणिज्य संघका केन्द्रीय का.बा. अध्यक्ष सुर्य कृष्ण वैधले ऋणको जोखिम थाम्न नसक्दा व्यापारीहरु देश छोड्ने अवस्था आएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies