काठमाडौं : सर्वोच्च अदालतले कम्पनी रजिष्ट्रारको कार्यालयका तत्कालीन सहरजिष्ट्रार लाल बाबु कवारीलाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कवारी स्वयंले विशेष अदालत काठमाडौंको फैसला विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको पुनरावेदनमा मंसिर २४ गते सर्वोच्च अदालतका न्यायाधीशद्धय तेज बहादुर के.सी र डम्बर बहादुर शाहीको संयुक्त ईजलासले विशेष अदालतको फैसला उल्टी गर्दै भ्रष्टाचार अभियोग दावी नठहर्ने फैसला सुनाएको हो । करिब ४ वर्षअघि सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies