शुभ नारायण कामती/मध्यान्ह
सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहा चालु आ.व. २०७६/०७७ को ५ महिनामा ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट आ.व. ०७६/७७ को ५ महिना साउन देखि मंसिर महिनासम्ममा ५ हजार ८ सय ६७ नागरिकता वितरण गरिएको छ ।
त्यसमा ५ हजार ५ सय ६५ बंशज नागरिकता मध्ये २ हजार ६ सय २५ पुरुषलाई र २ हजार ९ सय ४० महिलालाई वितरण गरिएको छ भने ३ सय २ जनालाई वैवाहीक अंगिकृत नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी कमल आर्चायले बताएका छन् ।
गत आ.व. २०७५/०७६ मा १५ हजार ९ सय १० बंशज नागरिकता मध्ये ६ हजार ५ सय ४१ पुरुष र ८ हजार ६ सय ४ महिलालाई नागरिकता वितरण गरिएको थियो । त्यस्तै ७ सय २९ वैवाहिक अंगिकृत नागरिकता वितरण गरिएको थियो ।
गत आवको ५ महिना साउन देखि मंसिर सम्ममा ४ हजार ७ सय ५९ नागरिकता वितरण भएको थियो । त्यसमध्ये २ हजार ३ सय ४९ पुरुष २ हजार २ सय ६ महिलालाई बंशज नागरिकता वितरण गरिएको थियो भने २ सय ४ वैवाहिक अंगिकृत नागरिकता वितरण गरिएको थियो । यसरी हेर्दा गत वर्षको भन्दा चालु आर्थिक वर्षमा बढी संख्यामा नागरिकता वितरण भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies