काठमाडौं : प्रहरीले योजनावद्ध रुपममा नक्कली मदिरा उत्पादन गर्ने कारखानका संचालकसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले छापा मारेर मंगलबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट कारखानाका सञ्चालकहरु रामेछापको खाँडादेवी गाउँपालिका २८ वर्षीय मनोज खत्री, ३६ वर्षीय विनोदकुमार कार्की र सिन्धुली कमलामाई नगरपालिका–९ घर भई मूलपानी बस्ने २८ वर्षीय गौरव तामाङलाई पक्राउ गरेको हो ।
नक्कली रक्सी उत्पादन र बिक्रिमा यी तीन जनाको मुख्य भूमिका रहेको प्रहरीले जनाएको छ । ती मध्य खत्री र कार्की भने मामा भान्जा हुन । बुधबार उनीहरुलाई सार्वजनिक गर्दै प्रहरीले तीन जना यसअघि पनि यही अपराधमा संलग्न भएका कारण पक्राउ परेको बताएको छ । उनीहरु यसअघि तीन पटक पक्राउ परिसकेका छन् ।
पक्राउ पर्ने अन्य छ जना भने सहयोगी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोक चौतरा नगरपालिका–३ का २७ वर्षीय मोहन खड्का, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीको कमलामाई नगरपालिका–७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका–३ का २३ वर्षीय महेश खत्री, रामेछापकै खाँडादेवी नगरपालिका–२ का २० वर्षीय मनिष खत्री र सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ का १८ वर्षीय रोशन कार्की रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले कारखानमा छापा मारेको थियो । कारखानाबाट नेपाली ब्रान्डको खुकुरी रम, गोल्डेन ओक, फाइटर र सिग्नेचर बरामद गरेको बताएको छ । प्रहरीले अनुसन्धानबाट ‘सगुन’ नामको नेपाली मदिरामा एक बोतल ब्ल्याक लेबल र चिनीको घोल मिसाएर ३ बोतल ब्ल्याक लेबल बनाइ बेच्ने गरेको पत्ता लगाएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार गिरोहले नक्कली रक्सी बनाएर तीन वर्षदेखि पार्टी प्यालेस, विवाह समारोह र बजारमा पठाउने गरेको थियो । प्रहरीले उनीहरुमाथि फौजदारी अपराध संहिता अनुसार खाद्य पदार्थ अखाद्य तत्व मिसावट गरेको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies