काठमाडौं : बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए ।
उनीहरु २०६५ असोज २९ गते काभ्रेको साविक आम्बोटे गाउँ विकास समिति वडा नम्बर १ हाल रोशी गाउँपालिका वडा नम्बर ३ स्थित चमारसिंह मगर भन्ने जनक बहादुर मगरलाई बोक्सीको आरोपमा कुटपिट गरेर हत्या गरेर फरार भएका थिए ।
जनकको हत्या गरी फरार रहेका टंक र सन्तलाई २०८० पुस २४ गते पक्राउ पक्राउ गरिएको हो । साथै पुस २५ गते सन्तलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइए र टंकको स्वास्थ्यमा समस्य आएका कारण उपचारपश्चात शुक्रबार आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको एसपी केसीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies