सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको बंकुलबाट करिब ६ लाख रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारततर्फ गइरहेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीले स्रोत नखुलेको उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलका प्रमुख इन्स्पेक्टर नरेन्द्र कुमार मगरको नेतृत्वमा गएको टोलीले बागमती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो । सो क्रममा परोहा नगरपालिका वडा नं. ८ का दिनेश प्रसाद कुशवाहालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी निरिक्षक मगरका अनुसार ५ लाख ९४ हजार रुपैयाँसहित शनिबार कुशवाहालाई पक्राउ गरिएको हो । एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थान गरी कुल ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको उनले बताए । बरामद रुपैयाँ, मोटरसाइकलसहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies