दोहा, कतार : नेपालमा मेला महोत्सवमा व्यस्त रहेका दुर्गेश थापा कतार आइपुगेका छन् l आफ्नो गायन र नृत्यलाई सँगसँगै प्रस्तुत गरेर स्टेज तताउन सक्ने “पफर्मर”को छवि बनाएका दुर्गेशले फेब्रुअरी ९ तारिक शुक्रबार साँझ सांगीतिक प्रस्तुति दिँदै छन् l
कतारको सल्वा रोडको ठिक पछाडि रहेको आइभोरी होटेलमा अवस्थिति भ्यालभेट लन्ज एन्ड क्लबको आयोजनामा "भ्यालभेट नाइट"मा उनले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् l
आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका दुर्गेशले कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा निमन्त्रणा गरेका छन् । दुर्गेशको स्वागतका लागि क्लब सञ्चालक तथा कार्यक्रमका व्यवस्थापक उत्तम गुरुङ, कार्यक्रमका संयोजक तिलु शर्मा पौडेललगायतका सञ्चारकर्मी तथा अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।
कार्यक्रमको ढोका साँझ ५ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ । सांगीतिक व्यस्तताले शुक्रबार राति नै नेपाल फर्कने तालिका रहेको र १० बजेभित्र कार्यक्रम समापन गर्नुपर्ने भएको हुँदा कार्यक्रम निर्धारित समयमै शुरु हुने संयोजक पौडेलले मध्यान्ह दैनिकलाई जानकारी दिए l
कार्यक्रममा प्रवेश शुल्क पुरुषका लागि कतारी रियाल ५० कायम गरिएको छ भने महिलालाई शुल्क लाग्ने छैन l पुरुषको टिकट क्लबको काउन्टरमा बुझाएर एउटा "सोबिनियर ड्रिंकस" सित्तैमा लिन सकिने व्यवस्था क्लबले मिलाएको छ l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies