काठमाडौं । संगठितरुपमा काठमाडौंका विभिन्न ठाउँमा डेढ करोड रुपैयाँ भन्दा बढीको चोरी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलनमार्फत चोरीमा संलग्न हुनेहरुलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार उनीहरुले एक करोड ५२ लाख १२ हजार रुपैयाँ भन्दा बढीको धनमाल चोरी गरेका हुन । चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरुमा धादिङका २७ वर्षीय सोनाम थापा तामाङ र रसुवाका वर्ष २७ कै टाँसी तामाङ रहेका छन् । तीमध्य सोनाम चोरीमा संलग्न हुने गरेको, टाँसी सूचना दिने तथा चोरीमा संलग्न हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै चोरी गरि ल्याएको सुन खरिद–विक्रिमा संलग्न हुनेहरुमा महोत्तरीका ३७ वर्षीय अनन्तराज घिमिरे, भारतको विभिन्न स्थानमा घर भएका ३१ वर्षीय अमोल बालु फुके, ३१ वर्षकै देवासिश सावन्त र ४४ वर्षका कार्तिक पाईका रहेका छन् । प्रहरीले उनीहरुको साथबाट सुनका गहनलाई पगाली टुक्रा बनाइएको अवस्थामा २९५.३ ग्राम र नेपाली नगद १९ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।
त्यस्तै प्रहरीले राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेका तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । डाँगीको ललितपुरस्थित घरबाट ४५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको आरोपमा दोलखाका २१ वर्षीय अनुप तामाङ, दोलखाकै २० वर्षीय रविन तामाङ र ललितपुरका २४ वर्षीय राजन श्रेष्ठलाई पक्राउ गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies