सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ नुनथर स्थितमा शंकास्पद रुपमा सामानसहितको बोरा बोकी सिन्धुलीदेखि पौराइतर्फ आइरहेका एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नं. १ बस्ने ३७ वर्षीय साने भन्ने सन्त तामाङ रहेका छन् ।
उनको साथबाट १५ किलो ४ सय ग्राम अवैध लागुऔषध गाँजासहित पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा राखिएको छ ।
पक्राउ परेका तामाङलाई लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies