राहुल गुप्ता, बारा, ४ चैत्र /
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सिंहले आफ्नो मातहातका युनिटहरुलाई ठाडो निर्देशन दिनु भएको छ । बारा जिल्लाको सबै युनिट कमाण्डरहरुलाई सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिंहले ठाडो निर्देशन दिदै तस्करी धन्दालाई ठप्प पारेका हुन ।
बिगत लामो समयदेखि चल्दै आएको तस्करी धन्दालाई मध्य नजर गर्दै सशस्त्र प्रहरीको सबै युनिटहरुका कमाण्डरलाई निर्देशन दिदै तस्करी धन्दा ठप्प पारेका हुन । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण प्रमुखको जिम्मेवारी सम्भालेको केही हप्ता भित्रै तस्करी धन्दालाई टार्गेट गर्दै तस्करी धन्दा ठप्प पारिएको सीमाबाट हुने कृयाकलापले प्रष्ट देख्न र सुन्न पाइरहेको छ । सीमा नाकाबाट अवैध कृयाकलाप गर्नेहरुका लागि सशस्त्र प्रहरी उपरीक्षक सिंह कठोर बन्दै तस्करी धन्दालाई ठप्प बनाएको तस्करहरुले नै बताउन थालेका छन । उनिहरुको अनुसार हालसम्म चल्दै आएको कृयाकलापले सीमा नाकाबाट केहि गरिब असहायको रोजी रोटी चल्ने गरेको स्विकार्दै सशस्त्र प्रहरी उपरीक्षकले चालेको कठोर कदम रहेको संज्ञा दिएका छन ।
यता सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिंहले सीमा नाकामा खटिएको सशस्त्र प्रहरीका युनिट कमाण्डरलाई ठाडो निर्देशन दिदै तस्करी धन्दालाई ठप्प पार्नको साथै शान्ति सुरक्षामा समेत निगरानी बढाउन निर्देशन दिएको बताउनु भयो । सीमा नाकामा खटिएका प्रहरीहरुले कुनैपनि अनैतिक कार्यबाट आर्थिक लाभ लिन खोज्नेहरुलाई सिधै कानुन बमोजिम कारवाही गरिने, उनले बताए । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणको जिम्मेवारी सम्भालेकै दिनदेखी सीमा नाकाबाट लागु औषध, हुन्डीको रकम सहित कारोवारी, राजस्व छलिका मालसमानहरु बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक सिंहले दावी गरे ।
त्यस्तै सीमा नाका वरिपरीका गाउहरुका स्थानीयवासीहरुले हाल सशस्त्र प्रहरीको कार्य राम्रो र निगरानीमा पनि बढोत्तरी भएको कारण राहत भएको महसुस गर्न थालेका छन । ग्रामिण भेगहरुबाट बढ्दै गएको तस्करी र चोरीका घटनाहरुका कारण आजित भएको बारावासीले हाल चयनको शास लिन पाएको महसुस गरेको कलैया उपमहानगरपालिका वडा नम्बर १० का स्थानीयहरुले बताएका छन । बारा र पर्सा जिल्लाको सीमा मुसहर्वादेखि बारा र रौतहटको सीमा कचोर्वासम्मका स्थानीयहरुले सशस्त्र प्रहरीको ड्युटी देखेर राहत महसुस गर्न थालेका छन्।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies