काठमाडौं : वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै झण्डै आधा करोड ठग्ने एक ब्यक्ति पक्राउ परेका छन् । प्रहरीले बिभिन्न ब्यक्तिलाई आकर्षक तलवमा क्यानडा पठाउने भनी ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ बेसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
उनले भने, ‘बेरोजगार युवायुवतिलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रकम लिइ विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितमध्येका एक जना लेखनाथ भुर्तेलले जाहेरी दिइ अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निज सुदेश सुनुवार मुखियालाई काठमाडौंको बौद्धबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।’
मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies