काठमाडौं : नेपाल मेडिकल व्यवसायी संघको सातौं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम र बन्द सत्रका कार्यक्रम शनिबार सम्पन्न भएपनि नयाँ कार्यसमितिको निर्वाचन भने हुन सकेन । नयाँ नेतृत्वका लागि व्यवसायीद्वय अरूण देव र उपाध्यक्ष कला दाहाल इच्छुक देखिएका थिए ।
निर्वाचन भएमा एउटा पक्ष बाहिर रहने भन्दै सहमतिमा पद बाँटफाँट गर्ने विषयमा दिनभर छलफल भएको थियो । तर अध्यक्ष को बन्ने भन्ने विषयमा सहमति नभएपछि केही पक्षले साधारण सभाको गणपुरक संख्या जस्ता प्रश्न उठाएपछि निर्वाचन समितिले शनिबार निर्वाचन नगराउने निर्णय सुनाएको थियो ।
कतिपयले बर्तमान अध्यक्ष सिताराम रेग्मीले तटस्थ र प्रभावकारी भूमिका निभाउन नसकेको आरोप लगाए । अध्यक्ष रेग्मीले भने आफू नेतृत्व हस्तान्तरणका लागि आतुर रहेको तर व्यवसायीले आफूमात्रै नेतृत्वका लागि योग्य रहेको हठ देखाएका कारण शनिबार नयाँ कार्यसमितिको निर्वाचन नभएको बताए । उनले संघको विधानअनुसार अर्को मिति तोकेर साधारण सभालाई पूर्णता दिइने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies