काठमाडौं : वैदेशिक रोजगारमा इजरायल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएर विदेश नपठाइ सम्पर्कविहीन भएका ताप्लेजुङको मिक्वाखोला–३ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. ७ बस्ने जेनित हाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध रविन कुमार राईलाई इजरायलमा आकर्षक तलबको प्रलोभन देखाएर दुई लाख रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले बताएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ बाट पक्राउ परेका लिम्बूलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाही गर्न थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies