काठमाडौं : आजपनि देशका विभिन्न स्थानमा कोरोना संक्रमित थपिएका छन् । आज रौतहट, झापा, बाग्लुङमा कोराना संक्रमित थपिएका हुन् । आज रौतहटमा ३५ जना नयाँ संक्रमित थपिएका हुन् । रौतहटको इशनाथका १६, गौरका ८, गढीमाईका ७, देवाही गोनहीका २ कटरीया २ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकबलका १५ र गौरादहका दुईजनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आजै बाग्लुङमा पनि छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बडिगाढ गाँउपालिकाका दुई र तमान खोला गाउँपालीकाका चार जना रहेका छन् । योसँगै कोरोना संक्रमित हुनेको संख्या ८३० पुगेको छ ।
देशभरीका विभिन्न क्वारेन्टाइनमा ५५ हजार २ सय ८२ बढी छन् । यो अहिलेसम्म क्वरान्टाइनमा भएका मानसिको सर्वाधिक संख्या हो । क्वारेन्टाइनमा रहने प्राय सबै भारतवाट फर्केका नागरिका छन् । संक्रमणवाट हालसम्म चार जनाको मृत्यु भएको हो । अहिलेसम्म उपचार निको भएर १ सय ५५ जना घर फर्केका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies