तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल तामाङ धेदुङ प्रवास कार्यसमिति कतारले "राई ईज किङ" अर्थात राजेश पायल राईसहित अन्य ३ जना कलाकारको सांगीतिक प्रस्तुति बीच सोनाम ल्होछार मनाउने भएको छ । बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा राईका अलावा तामाङ सेलो गायिका रेश्मा बन्जन तामाङ, म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा र गायक उमंग लामा कतार आउने जानकारी बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यही फेब्रुअरी १६ तारिकमा अल अरबी स्पोर्टस क्लबमा ल्होछार कार्यक्रममा आयोजना हुने भएको छ । कार्यक्रममा सरिक हुन चाहनेका लागी कतारका विभिन्न स्थानबाट यातायातको व्यवस्था गरिएको कार्यक्रम संयोजक एक्का प्रसाद तामाङले जानकारी दिए ।
कार्यक्रमको टिकट क्यु टिकट.कममा गएर अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाइएको सम्मेलनमा जानकारी दिइयो । बिहान ११ बजे गेट खुल्ने र ठिक १२ः३० बजेबाट शुरु हुने कार्यक्रममा महिलाका लागि ५०, पुरुषका लागि ७५, भीआईपी १०० र परिवारका लागि ५०० रियालको टिकट लाग्ने कार्यसमितिका अध्यक्ष विकास स्याङ्ताङ तामाङले बताए । आयोजकले चुस्त र व्यवस्थित कार्यक्रम गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
नेपालीहरूको राष्ट्रिय पर्व, तामाङ जातिको नयाँ वर्ष" मञ्जुश्री २८६० (डुक ल्हो/मु पुख्री वर्ष) अर्थात सोनाम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने गर्दछन् l मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशु पन्छीको नामबाट गणना गरिएकाले यस समुदायलाई प्रकृति पूजक मानिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies