दुबई, यूएई : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले संघका तृतीय उपाध्यक्ष रोशन कटुवाललाई कार्यवाहक अध्यक्षके जिम्मेवारी दिएका छन् ।
यूएईमा आगामी शनिबार हुने रोजगार मेला 'जव फेयर' २०२४ का लागि अध्यक्ष भण्डारी, प्रथम उपाध्यक्ष डिक बहादुर खत्री कुमार तथा द्वितीय उपाध्यक्ष सञ्जु गुरूङ त्यसतर्फ गएपछि संघको दैनिक कार्य सञ्चालनका लागि तृतीय उपाध्यक्ष कटुवाललाई कार्यवाहक अध्यक्षको जिम्मेवार प्रदान गरिएको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
त्यसैगरी जj फेयरका लागि महासचिव भुर्तेल, सचिव कर्ण कटुवाल र कोषाध्यक्ष शरिता घले पनि यूएई गएपछि कार्यवाहक महासचिवको जिम्मेवारी कार्यसमिति सदस्य देवेन्द्र नारायण श्रेष्ठलाई प्रदान गरिएको छ ।
१७ वर्षपछि यूएईमा हुन लागेको जव फेयरमा नेपालका ५ दर्जन बढी वैदेशिक रोजगार व्यवसायीले भागलिन स्टल बुक गरेका छन् । यसअघि यूएईमा कामदार पठाउने म्यानपावर कम्पनी सहित मलेसिया र युरोपेली मुलुकमा शुन्य लागतमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीहरूले समेत स्टल बुकिङ गरेको मध्यान्ह विशेष संवाददाताले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies