काठमाडौं : भारतको टाइल कम्पनी, कजरिया टाईल्सले नेपालमा ‘एक्सपिरियन्स सेन्टर’को उद्घाटन गरेको छ । काठमाडौंमा आफ्नो पहिलो ‘एक्सपिरियन्स सेन्टर’ को उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको हो ।
सो कार्यक्रमको कजरिया रमेश टाईल्स लिमिटेडका निर्देशक प्रतीक जलानले सञ्चालन गरेका थिए । यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरुका लागि डिजाइन, रङ र टाइलहरुको विविधता प्रदान गर्दै ग्राहकहरुलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । एउटै छानामुनी ग्राहकहरुले आठ सिरिज र २० भन्दा बढी ‘लाइभ मक–अप’ बाथरुमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको छ ।
यसबाहेक, कजरिया टाईल्सले आफ्नो उत्पादन प्रक्रियाहरुमा पर्यावरण–मैत्री अभ्यासहरुलाई प्राथमिकता दिएको जनाएको छ । यसैबीच, कजरिया रमेश टाईल्स लिमिटेड, एक संयुक्त उद्यम कम्पनीले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरेमिक उत्पादनहरु उपलब्ध गराउने आफ्नो प्रतिबद्धता गरेको छ । कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्णरुपमा सञ्चालनमा ल्याउने जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies