तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ सफल बनाउन एनआरएनए एनसीसी कतारका अध्यक्ष तथा समाजसेवी रमेश भट्टलाई मूल समारोह समितिको सदस्यका रूपमा मनोनित गरेको छ ।
पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन गर्ने उद्देश्यले निजी क्षेत्रको सहकार्यमा भरतपुर महानगरले ‘भरतपुर भ्रमण वर्ष २०२४’ सफल बनाउन भट्टलाई मूल समारोह समिति सदस्य बनाएको हो ।
बागलुङ जिल्लामा जन्मिएर काठमाडौंमा स्थायी बसोबास गर्ने भट्ट लामो समयदेखि कतारमा रहेर व्यवसायसहित समाजसेवा गर्दै आइ रहेका छन् ।
भट्टलाई महानगरले सदस्यमा मनोनित भएकोमा बधाइ दिँदै उक्त अभियान सफल बनाउन रचनात्मक सहयोगको अपेक्षा गरेको जनाएको छ । भट्टले महाभूकम्प, हावाहुरी, बाढी पहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भइ खाद्यान्न, स्वास्थ्य सामग्री लगायत विभिन्न राहत सामग्री वितरण गर्दै आइरहेका छन् ।
सामाजिक तथा मानवीय क्षेत्रमा विभिन्न काम गरेर दर्जनौँ पुरस्कारसहित स्वदेश तथा विदेशमा स्थापित भट्ट विभिन्न संघसंस्था र निकायबाट सम्मानित भइ सकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies