एजेन्सी : संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार भारी वर्षा भएको छ । भारी वर्षाका कारण यूएईका कयौं स्थान पानीमा डुबेका छन् । बाढीका कारण कयौं शरहमा जाम भएको छ ।
दुबईमा इतिहासकै भारी वर्षा भएको हो । त्यहाँ सोमबार रातिदेखि पानी पर्न थालेको र मंगलबार बिहानदेखि वर्षाले ठूलो रूप लिँदा असिनासमेत परेको थियो । असिनासँगै दिनभरजसो पानी परेपछि त्यहाँको मुख्य राजमार्ग र ठूला सडकहरू जलमग्न भएका थिए ।
पछिल्लो २४ चौबिस घन्टामा त्यहाँ १४२ मिलिमिटर वर्षा मापन भएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान बाढीग्रस्त एयरपोर्टमा जलमग्न ह्याङ्गर हुँदै अघि बढिरहेको देखिएको थियो । यसैगरी जलमग्न सडक, अस्तव्यस्त ट्राफिकका भिडियोहरु पनि सामाजिक सञ्जाल भरि पोस्ट गरिएका छन् । निकै कम समयमा अति भारी वर्षा हुँदा कतिपय सवारी चालकहरुले सवारीसाधन सडकमै छोडी सुरक्षित स्थानतर्फ लागेका थिए ।
विश्वमा सबैभन्दा बढी व्यस्त हुने विमानस्थलहरूमध्ये दोस्रो नम्बरमा पर्ने दुबई इन्टरनेशनल एअरपोर्टमा उडान प्रभावित भएको छ । विमानस्थलको धावनमार्गदेखि टर्मिनल भवनभित्र समेत पानी पसेको थियो । धावनमार्ग जलमग्न भएपछि उडान प्रभावित भएको त्यहाँको सञ्चारमाध्यहरूले जनाएका छन् । यता ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies