काठमाडौं : कामना सेवा विकास बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरालाई स्वास्थ्य प्रयोगशाला हस्तान्तरण गरेको छ । शिक्षण अस्पतालमा शुक्रवार विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यतामा निर्माण सम्पन्न स्वास्थ्य प्रयोगशाला कामना सेवाले हस्तान्तरण गरेको हो ।
उपकुलपति अर्यालको उपस्थितिमा बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीलाई उक्त प्रयोगशाला हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बोल्दै उपकुलपति अर्यालले विश्वविद्यालयको विकास, कर्मचारीहरुले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान रहँदै आएको बताए ।
शिक्षण अस्पतालको लागि अनुमती प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकोमा बैंक परिवारलाई उनले धन्यवाद व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरुमा विश्वविद्यालयलाई पु¥याएको योगदानको कदर गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका संचालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।
प्रयोगशाला हस्तान्तरणको समझदारीपत्रमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी र बैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् । उक्त समझदारी पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारीहरुलाई बैंकले सहुलियत रुपमा विभिन्न वित्तीय सेवा प्रदान गर्ने जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies