काठमाडौं : विश्व प्रसिद्ध फर्निचर कम्पनी ऐसलेले नेपालमा पनि आफ्नो शोरुम स्थापना गरेको छ । विश्वका ६६ देशमा एक हजार एक सयभन्दा बढी होमस्टेहरु सञ्चालन गरेको ऐसलेले शुक्रवार काठमाडौंमा एक कार्यक्रम गरी आफ्नो शोरुमको उद्घाटन गरेको हो ।
विगत १८ वर्षदेखि ऐसले अमेरिकाको सबैभन्दा बिक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको र ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा बिक्रेतामध्येको एक रहेको कम्पनीले दाबी गरेको छ । ऐसलेको नेपालका ली आधिकारिक बिक्रेताको रुपमा एसएन जोशी एण्ड सन्स प्रालि रहेको छ । सन्स प्रालिका अनुसार एस प्रालीले विगत २० वर्षदेखि विश्व प्रख्यात फर्निचर ब्राण्डहरुलाई नेपालमा ल्याइ उत्कृष्ट उत्पादकहरुलाई बिक्री गर्दै आएको छ ।
ऐसलेले काठमाडौंको टेकुमा रहेको शोरुमबाट सामानहरु बिक्री शुरु गरिसकेको छ । टेकुस्थित ऐसलेको शोरुममा विभिन्न आधुनिक रुपमा लिभिङ्ग रुम, डाइनिङ्ग रुम, बेडरुमको साजसज्जासहित चाहिने सर–सामानहरुको उपलब्ध हुने सन्स प्रालिले जनाएको छ ।
ऐसलेको उक्त शोरुममा अर्बानोलोजी, भिन्टेज क्याजुअल, परम्परागत, समकालीन र नयाँ परम्पराहरु जस्ता काल्पनीक तरिकाले डिजाइन गरिएका सामग्रीहरु रहेका छन् । ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनीय उत्पादनहरुसहित नेपालमा नयाँ युगको शुरुवात गर्ने कम्पनीले जनाएको छ । ऐसलेको स्थापना सन १९४५ मा भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies