बुटवल : राष्ट्रसेवक कर्मचारी लक्ष्मण पाण्डेको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । पाण्डेको आफ्नै युट्युब च्यानल ‘लक्ष्मण पाण्डे’बाट सार्वजनिक गरिएको हो । ‘हाँसेबोले आनन्द हुनी’ बोलको गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका हुन् ।
करिस्मा ढकाल, सन्तोष शर्मा र सगुन शर्माले अभियन गरेको उक्त म्युजिक भिडियोमा कुलेन्द्र विश्वकर्मा र शान्तीश्री परियारको स्वर रहेको छ । उक्त गीतको संगीत तथा शब्द लक्ष्मण पाण्डे स्वयं आफैंले गरेका छन् ।
मालाश्री स्टुडियोमा रेकर्डिङ गरिएको हो । मिक्स माष्टर खड्क बाजुरालीको रहेको म्युजिक भिडियोको एरेन्जर विनोद बाजुरालीले गरेका हुन् । अविरल फिलिम्सको पोष्ट पोड्क्सन रहेको म्युजि भिडियो युट्युबमा सार्वजनिक भएपछि छाटो समयमा नै लोकप्रिय भएको छ । पाण्डेले योभन्दा पहिला एकान्तमा आसु खसाए.., सुखी हुन्छ जिन्दगी... लगायतका म्युजिक भिडियो सार्वजनिक भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies