काठमाडौं : नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले ‘यामाहा महाएक्सचेन्ज मेला २०८१’ शुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि शुरु भएको सो मेलालाई यस वर्षकै सबैभन्दा ठूलो मेला भएको कम्पनीले दाबी गरेको छ ।
एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले यामाहा महाएक्सचेन्ज मेलामा आफ्नो सवारी अपग्रेड गर्न चाहने ग्राहकले अविश्वसनीय अवसर प्राप्त गर्ने बताए । यो मेलाबाट मोटरसाइकल प्रेमीहरुका लागि आफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर हुने उनको विश्वास छ । उनकाअनुसार सहभागीहरुले आफ्नो ब्रान्ड–न्यू यामाहा बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्नेछन् ।
साथै जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको ट्रेड–इनका लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन पनि प्रदान गर्नेछ । मेलामा सहभागीहरुले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्न निःशुल्क बाइक चेक–अप र स्पार्कलिंग क्लिन स्टार्टका लागि वास गर्ने सुविधा समेत लिन सक्नेछन् ।
स्टाइलिस अपग्रेडको साथमा डुअर प्राइजका रुपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ । थप रोमाञ्चकताका लागि मेलामा निःशुल्क खेल र उपहारहरु, टेस्ट राइड र विन अफरहरु रहने छन् भने निःशुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकको समग्र अनुभवलाई थप बढाउने कम्पनीको भनाइ छ । यो मेला २९ वैशाखसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies