काठमाडौं : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै देशका विभिन्न भागका वन तथा बस्तीमा लागेको आगलागी नियन्त्रणमा सरकारले हेलिकप्टर माग गरेमा सहयोग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
आगलागी भएको स्थान, नजिकको पानीको स्रोतको विवरणबारे जानकारी भएमा आगो निभाउन सहज हुने कम्पनीले जनाएको छ । सिम्रिक एयरले समयमै आगलागी भएको स्थान र त्यहाँको भौगोलिक अवस्था तथा पानीको स्रोतबारे जिल्ला विपत व्यवस्थापनको कार्यालय वा स्थानीय निकायले सिम्रिक एयरलाई खबर गर्न सक्ने जनाएको छ । हेलिकप्टरमार्फत् ‘बम्बी बकेट’को प्रयोगले जंगलमा लागेको आगो नियन्त्रण गर्न सकिने र यसअघि सोलुखुम्बु, लुक्ला, तनहुँ, काठमाडौंको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायतका स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको सिम्रिक एयरले जनाएको छ ।
यसअघि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाइएको कम्पनीको भनाई छ । सिम्रिक एयर आगलागी तथा डढेलो नियन्त्रणका लागि आफ्नो हेलिकप्टर प्रयोग प्रभावकारी रहेको समेत बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies