ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लामा विद्यालय हाताभित्र मदिराजन्य पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएको छ । विद्यालय नजिँकै रहेको होटलमा मदिरा, सुर्तीजन्य प्रदार्थ बिक्री गर्दा विद्यार्थीहरु कुलतमा फस्न सक्ने सम्भावना बढेको स्थानीयले बताएका छन् ।
हुम्लाको सिमकोट गाउँपालिका वडा नं. ७ को चौगनफयामा रहेको कर्णाली माध्यमिक विद्यालय परिसर बाहिर करिब १० देखि १५ मिटर दुरी छेउछाउ, अगाडि, पछाडि स्थानीयबासीले होटल सञ्चालन गरेर मदिरा, चुरोट, सुर्ती, मेगाश्री जस्ता सामानहरु बिक्री गर्दा टिनएजका विद्यार्थी कुलतमा लाग्न सक्ने र साना बालबालिकालाई असर पर्ने भएपनि विद्यालयले भने केही भन्न सकेको छैन् ।
होटल अगाडि क्यारिम बोर्ड राखेर खेल्दा हो–हल्ला कक्षाभित्र जाने हुँदा पढाइमा समेत असर परेको स्थानीयबासीको गुनासो छ । कहिले काहिँ होटेल अगाडि हो–हल्ला झगडा हुन्छ । उक्त विद्यालयभित्र होस्टेलमा बस्ने विद्यार्थीलाई होहल्ला हुँदा पढाइमा प्रभाव पर्ने सम्भावना छ ।
यता गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्ण आचार्यले विद्यालय परिसरभन्दा कम्तीमा ५० मिटर टाडाको दुरिमा होटेल सञ्चालन गर्ने नीति भएपनि उक्त विद्यालयमा यो समस्या भएको हुँदा त्यसलाई सुधार गर्न लाग्ने बताए ।
आचार्यका अनुसार उक्त विद्यालयमा दुई वटा गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न आउने हुँदा विद्यालयमा विद्यार्थीको संख्या पनि बढी नै छ ।
विद्यालय छेउछाउ होटेल सञ्चालन गरेपनि मदिरा र सुर्तीजन्य प्रदार्थ हटाउने र क्यारिम बोर्ड बन्द गर्ने गरी लागिपर्ने उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies