अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीसँगको व्यापार वार्ता रोक्ने चेतावनी दिएका छन् । टर्कीले उत्तरी सिरियामा आक्रमण थालेपछि ट्रम्पले उसँगको अर्बौको व्यापार वार्ता रोक्ने चेतावनी दिएका हुन् ।
कुर्दविरुद्ध सैन्य कारवाही सुरु गरेर टर्कीले आफ्नै मुलुकको अर्थतन्त्र तहसनहस पार्न लागिपरेको ट्रम्पको टिप्पणी छ । उनले टर्कीका सरकारी अधिकारी, निकायसँगै सहयोगीमाथि प्रतिवन्ध लगाउन आदेश समेत दिएका छन् ।
अमेरिकाले टर्कीका रक्षामन्त्री हुलुसी आकर, गृहमन्त्री सुलेमान सोयलु र उर्जा मन्त्री फाती डोन्मेजलाई कालोसूचिमा राखेको छ । अमेरिकामा रहेको उनीहरुको सम्पति जफत गर्नुका साथै अमेरिकी नागरिक वा संस्थासँगको कारोवारमा समेत प्रतिबन्ध लगाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies