काठमाडौं : तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एशोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद-अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे ।
समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक-निजी साझेदारी (पिपिपी)सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ ।
नेपालमा भौतिक पूर्वाधार तथा पिपिपी पाइपलाइन सुदृढीकरण, पिपिपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धनका लागि सहकार्य, संयुक्तरूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।
यस सहकार्यले नेपालमा पिपिपीसम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पिपिपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष अनुपकुमार उपाध्यायले बताए । “यस समझदारीले पिपिपीका क्षेत्रमा लामो अनुभव, अनुसन्धान र व्यवहारिक ज्ञान हासिल गरेको र विशिष्टीकृत संस्थाका रूपमा विश्वव्यापी पहिचान बनाएको वापसँग सहकार्यको ढोका खुलेको छ”, उपाध्यायले भने ।
वापका अध्यक्ष जियाद-अलेक्जेण्डर हायकले पिपिपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खासगरी जलविद्युत् एवम् स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पिपिपीले रूपान्तरण ल्याएको उल्लेख गर्दै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताए ।
स्वीजरल्याण्डको जेनेभामा मुख्यालय रहेको वाप पिपिपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धन गर्ने गैरसरकारी संस्था हो । त्यस्तै, नाप नेपालका पिपिपी अभ्यासकर्ताहरूको संस्था हो ।
आजै, साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी आरएमबी पाँच कराेडदेखि १० करोडसम्म लगानीका लागि सम्झौता भएको छ ।
काठमाडौं : आइतबारदेखि जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् ।
बिहानदेखि फरकफरक चारवटा सभाहलमा समानान्तररुपमा चार वटा सत्र सञ्चालन भइरहेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा गरिरहेका छन् ।
अहिले ‘नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता’, नवीन वित्तीय परिदृश्य, नेपालको व्यापारमा हरित र जलवायु उत्थानशीलता र लगानीका अवसरहरू, राम्रो पूर्वाधार र यातायात निर्माणसम्बन्धी’ विषयक सत्र सञ्चालन भइरहेका छन् ।
यसपछिको सत्रमा दिगो लगानीका लागि हरित वित्तको उपयोग, पर्यटन क्षेत्रमा लगानी, निर्यात वृद्धिका लागि नेपालको कृषि प्रशोधनको सम्भावनाका विषयमा छलफल सत्र सञ्चालन हुने छ ।
यसैगरी अन्तिम विभिन्न चार विषयका समानान्तर सत्र सञ्चालन हुनेछन् । त्यसमा उत्पादनमा नवप्रवर्द्धन र वृद्धि, नेपालको स्टार्टअप वातावरण र व्यापार सहज, जीवन्त लगानीका लागि उत्कृष्ट मञ्च विषयमा छलफल हुनेछ ।
एग्रिफुड प्रणाली परिवर्तनमा लगानी र उचित बजारीकरणका सम्बन्धमा साइड इभेन्ट सञ्चालन हुनेछ । सबै सत्रका छलफलपछि आज साँझ सम्मेलनको समापन समारोह हुने लगानी बोर्डको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौं- महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ । यही वैशाख १२ गते बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरुको राहतको लागि बैंकले उक्त सहयोग गरेको हो ।
राहत वितरण कार्यकममा ज्योति विकास बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्रीहरु अग्नि प्रकोप पीडित परिवारहरूलाई हस्तान्तरण गरेका हुन् । ज्योति विकास बैंकले देशैभरि रहेका मातहतका कार्यालयहरू मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत जिम्मेवारपूर्ण तवरले नागरिकका आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा उल्लेख्य र रचनात्मक सहयोग गर्दै आएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
काठमाडौं - प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले रुचाएका छन् । कम्पनीका स्टिलहरू प्रति एक्स्पोमा सहभागीहरूको विशेष चासो देख्न सकिन्छ । हाइड्रो एक्स्पोमा कम्पनीले विशेष गरी जलविद्युत परियोजना निर्माणका क्रममा आवश्यक पर्ने स्टिलहरूलाई प्रदर्शन गरेको थियो । नेपालमा जलविद्युतलाई दीर्घकालसम्म विकास गर्न सबैभन्दा राम्रो स्टिल प्रयोग गर्नुपर्ने भएकाले प्रिमियर स्टिलको प्रयोग गर्न सुझाव दिइएको स्टलमा रहेका कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।
जलविद्युतको विकासले नेपालको आर्थिक विकासमा फड्को मार्ने भएकाले त्यसका लागि गुणस्तरीय र भरपर्दो स्टिल प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।
प्रिमियर स्टिल एनएस सर्टिफाईड कम्पनी हो । यसले ८ एमएमदेखि ३६ एमएमसम्मका स्टिलहरू बनाउने गरेको छ । जुन नेपालमै पहिलो भएको कम्पनीको दावी छ । स्थापना २०७५ मा स्थापना भएको यस स्टिल उद्योगले घर, आवास, पुल, हाइड्रो लगायतका सबै क्षेत्रमा रड वा स्टिल हुने भएकाले प्रदर्शनीमा सहभागी भएको कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।
प्रिमियर स्टिल नै किन ?
३६ एमएम समूह क्याटोगरीमा नेपाल गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गर्न सफल प्रिमियर स्टिल पहिलो नेपाली कम्पनी हो प्रिमियर स्टिल कम्पनी । ३६ एमएमको छड ठूला परियोजना हाइड्रोपावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरेको ब्रान्ड म्यानेजर सजल राउतले बताए ।
यसअघि, ३६ एमएमको छड छिमेकी मुलुक भारत वा अरु देशहरुबाट आयात गर्ने गरिएको र नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै विदेशबाट आयात गर्नुपर्ने अवस्था तोडिएको ब्रान्ड म्यानेजर राउतले सुनाए । कम्पनीका अनुसार प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन । त्यसमा पनि एनएस स्ट्याण्डर्डको मान्यता पाउने भएकाले कम्पनीका उत्पादनहरू उत्तम विकल्प भएको सन्देश एक्स्पोमा दिइएको छ । ३६ एमएमको स्टिलमा एनएस सर्टिफाइड पाउने यो कम्पनी नेपालकै पहिलो कम्पनी हो । जसकारण पनि स्टिलमा यस कम्पनीको छुट्टै महत्व रहेको ब्रान्ड म्यानेजर राउत बताउँछन् ।
अर्थतन्त्र सुस्ताउँदा पनि समग्र बजारको करिब १० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको कम्पनीले जानकारी दिएको छ । पूर्ण रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा प्रिमियर स्टिलका उत्पादनहरु सधैँ उस्तै घनत्व एवं उच्चस्तरीय सर्फेसको साथ बारको डायमिटर सधैँ एकनासको प्राप्त गर्न सकिने बताइएको छ ।
म्याग्दी - म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने पर्यटकमैत्री सेवा सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार सम्पन्न भएको हो ।
व्यवसायी र कर्मचारीहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी तालिममा कालीगण्डकी करिडोर अन्तर्गतका पर्वत, बागलुङ, मुस्ताङ, म्याग्दी आसपासका समेत गरी ६० जना पर्यटनकर्मीको सहाभागिता थियो । छिमेकी मुलुक चीनको उत्तरी नाका कोरलादेखि दक्षिण छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोरमा सञ्चालित होटललाई लक्षित गरी तालिम आयोजना गरिएको हो । उक्त करिडोर गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको छ । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके मात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने मुलुकको अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले तालिम आयोजना गरिएको जनाइएको छ ।
तालिममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी प्रमुख प्रशिक्षक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटक बोर्ड गण्डकी प्रदेश कार्यालयको लेखा अधिकृत सागर श्रेष्ठ लगायतले प्रशिक्षक दिएका थिए ।
तालिममा सहभागीलाई खाद्य स्वच्छता, सरसफाइ तथा पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध व्यवसायको प्रचारप्रसार र प्रबद्र्धन, स्थानीय उत्पादनको व्यवसायिकरणलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ ।
वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्ड समेत निशुल्क जारी गरिनेछ । इको–फ्रेन्डली घर÷भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
काठमाडौं : कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकको नियुक्ति सदर भएको छ ।
रिक्त प्रबन्ध सञ्चालक नियुक्तिको लागि गठित सिफारिस समितिको सिफारिसमा कम्पनीको सञ्चालक समितिको मिति २०८०।१०।१८ गतेको निर्णयानुसार बिष्णु प्रसाद पोखरेललाई प्रबन्ध सञ्चालकको पदमा नियुक्त गरिएको थियो ।
सोको विरुद्ध रामचन्द्र ढकालले उच्च अदालत पाटनमा उत्प्रेषणयुक्त परमादेश मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटनको मिति २०८०।११।०६ गतेको उक्त नियुक्तिको कार्यलाई रोकी यथास्थितिमा राख्ने आदेश दिएको थियो । सोही बमोजिम कम्पनीको सञ्चालक समितिको २०८०।११।०९ गतेको निर्णयानुसार उक्त नियुक्तिको कार्यलाई यथास्थितिमा राखि बिष्णु प्रसाद पोखरेललाई नियुक्ति पूर्वकै पूर्ववत् जिम्मेवारी दिइएकोमा सो निर्णय उपर पनि रामचन्द्र ढकालले अदालतको अबहेलना मुद्दा दायर गरेको थिए । उच्च अदालत पाटनको मिति २०८१।०१।१२ गते उत्प्रेषणयुक्त परमादेश मुद्दामा रिट निवेदन खारेज हुने आदेश गरेको छ ।
अदालतको अवहेलना मुद्दामा निवेदन माग अनुसार विपक्षीहरुलाई अवहेलनामा सजाय गरी पाउँ भन्ने दावी पुग्न सक्दैन भन्ने फैसला भए बमोजिम कम्पनीको सञ्चालक समितिको आइतबारको बैठकबाट बिष्णु प्रसाद पोखरेललाई २०८०।१०।१८ गते प्रबन्ध सञ्चालकको पदमा गरिएको नियुक्तिलाई निरन्तरता दिने निर्णय गरेको हो ।
छबि सापकोटा/मध्यान्ह
काठमाडौं : आइतबारबाट शुरु भएको तेस्रो लगानी सम्मेलनमा सरकार र राजनीतिक दलका शिर्ष नेताहरुले नेपालमा लगानीको वातावरण तयार गर्नको लागि ऐक्यबद्धता व्यक्त गरेका छन । नेपालमा वैदेशिक लगानी भित्र्याएर मुलुकको समृद्धिको आधार तय गर्न सरकारको नेतृत्व र राजनीतिक व्यक्तिहरुले साझा राजनीतिक प्रतिबद्धता व्यक्त गरेका छन ।
लगानी सम्मेलनलाई सम्बोधन गर्दै सरकार र विभिन्न विषयमा राजनीतिक उतारचढाव हुने गरेपनि आर्थिक समृद्धि र विकासका लागि लगानीकर्तालाई प्रोत्साहन र सुरक्षा दिन सरकार र विपक्षी दल एक भएको सन्देश लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताए । ‘हामीले जति वातावरण बनाउन सक्यौँ, त्यति लगानी आउने हुन्छ, आजदेखि नयाँ विश्वासको वातावरण बनेको छ’, प्रधानमन्त्री दाहालले भने । उनले नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको र यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने समेत बताए । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताए ।
‘लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको छ’, देउवाले भने, ‘नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ । अर्थमन्त्री वर्षमान पुनले नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न कानुनी सुधारका क्षेत्रमा हालै गरिएका प्रयासबारे अवगत गराउँदै लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्नु सम्मेलनको उद्देश्य रहेको बताए ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका राजनीतिक दलहरु गठबन्धनका हिसाबले फेरबदल हुदाँ समस्या देखिएको भएपनि लगानीसम्बन्धी कानून र नीतिहरु हेरफेर एक भएको सन्देश सम्मेलनले दिएको छ । डा खतिवडाले भने, ‘गत लगानी सम्मेलनका निष्कर्षहरुलाई कोभिड १९ को महामारी र सरकार परिवर्तनका कारण प्रभावकारीरुपमा अगाडि बढाउन सकेका थिएनौँ, अहिले यति ठूलो सहभागितामा तेस्रो लगानी सम्मेलन भएको छ, पक्कै केही न केही परिणाम आउँछ भन्ने आशा लागेको छ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको बताए । सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गर्न सकेन हामीले छोटो समयमै समृद्धि हासिल गर्न सक्छौ अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहेकाले विदेशी लगानीकर्तालाई अवसरको बारेमा जानकारी दिदै पर्छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आग्रह गरे ।
ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानीको सम्भावना रहेको र नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने भनाइ राखेका थिए । अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतकाबीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने उल्लेख गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि सम्मेलनमा आफ्नो धारणा राख्दै लगानी सम्मेलनमा विभिन्न देशका लगानीकर्ताको उपस्थितिले नेपालको आर्थिक रुपान्तरणका लागि लगानीको वातावरण बन्दै गएको बताए ।
निजी क्षेत्रबीच दुई वटा सम्झौता
तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आइतबार दुई वटा सम्झौता भएका छन् ।
सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरे । त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ । डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका छन् ।
काठमाडौ : महालक्ष्मी विकास बैंकले आगलागी पीडितलाई राहत वितरण गरेको छ । बैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबार विहीन भएका एक सय ५० घर परिवारका लगभग पाँच सय ४५ जनाका लागि राहत सामाग्री वितरण गरेको हो ।
बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहीे दुई लाख पचास हजार रुपैयाँ बराबरको सात सय ५० केजी आटा, सात सय ५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, एक सय ५० प्याकेट नुन, चार सय ५० वटा नुहाउने र लुगाधुने साबुन र एक सय ५० कार्टुन चाउचाउ लगायतका खाद्यान्नहरु सहयोग गरेको हो ।
बुधबार मटिहानी नगरपालिका–६ मा लागेको उक्त आगोले एक सय भन्दा बढी घर पूर्णरुपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा समेत क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ ।
काठमाडौ : हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले व्यवसायिक कारोबार संचालनमा ल्याएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिजकोे कुल चुक्ता पुँजी साठ्ठी करोड छ ।
पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट भदौ ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिजले माघ ३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।
ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घताका साथ कारोबार संचालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारका सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन कारोबार तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरु प्रदान गर्ने सेक्युरिटिजले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies