चैनपुर- आगामी शनिबार हुने प्रदेशसभा १ (१) को निर्वाचनका लागि बझाङमा उम्मेदवारले साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् । साढे तीन दशकदेखि चर्चामा रहेको चीन जोड्ने सडक सपनाको आयोजना भन्दै उम्मेदवारहरू आफूले जितेमा पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन् । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी र नेकपा एमालेका उम्मेदवार ऐन महरको प्रमुख एजेण्डा पनि ताक्लकोट सडक नै थियो ।
प्रदेशसभा सदस्यका उम्मेदवार कांग्रेसका स्व पृथ्वीबहादुर सिंह, एमालेका अफिलाल ओखेडा, माओवादीका भीम भण्डारीको चुनावी एजेण्डा पनि सोही सडक निर्माण थियो । बझाङको राजनीतिको बागडोर सम्हानुभएका वर्तमान संघीय मामिला तथा स्थानीय विकासमन्त्री भानुभक्त जोशी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनजंगबहादुर सिंह २०४८ सालदेखि नै निर्वाचन लड्दै आउनुभएको छ । पाँच÷पाँच पटक चुनाव लडिसक्नुभएका सिंह र जोशीको सुरूदेखि कै एजेण्डा चैनपुर–ताक्लाकोट सडक नै हो ।चीनले दशकअघि नै ताक्लाकोटमा सडक पु¥याउँदासमेत नेपालको पक्षमा जनतालाई आश्वासन मात्रै भइरहेको छ । ‘लामो समय बित्दासमेत काम नहुनु र पार्टीगत प्रचार मात्रै हुनुले जनतालाई अन्यौलमै राख्नु हो’, साइपाल गाउँपालिकाका अध्यक्ष मानबीर बोहराले भने, ‘ताक्लाकोट सडक बनाउँछौँ भनेर सुनेको ३२÷३३ वर्ष भइसक्यो, अहिलेसम्म रुपातोलाभन्दा माथि सडक पुग्न सकेको छैन, सबै दलहरुले त्यसैको नाममा खेतीपाती गरिरहेका छन् ।’ उनका अनुसार अहिले पालिकाले तलकोटबाट कुवा हुँदै सडक काटिरहेको छ । ‘पालिकासँग धेरै बजेट हुँदैन, हाम्रो क्षमताअनुसार पालिकामा सडक पु¥याएर माथिबाट ताक्लाकोट सडक काट्ने गरि लागिरहेका छौं’, उनले भने ताक्लाकोट सडकमा करोडौँको योजनाबाट खासै काम नभएको उनले बताए । ‘सबै दलले प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनको बेलामा सडक बनाउने आश्वासन दिन्छन्, भोट माग्छन् र फर्केर आउँदैनन्’, उनले भने ।
विसं २०४८ यता भएका हरेक चुनावमा उम्मेदवारको एउटै एजेण्डा ताक्लाकोट सडक साझा बनिरहेको खप्तडछान्ना गाउँपालिका–५ का राजेश कार्कीले बताए । ‘बझाङमा उम्मेदवार फेरिए पनि एजेण्डा फेरिएनन्, एउटै सडकका लागि तीन दशक लामो राजनीति भइरहेको छ, जहिल्यै उम्मेदवारले एउटै एजेण्डाको भजन गाइरहेका छन्’, उनले भने । कार्कीका अनुसार ताक्लाकोट सडक बनाउँदा बझाङ्गी उत्पादनले बजार पाउने, आर्थिक गतिविधि बढ्नेलगायतका आश्वासन हरेक निर्वाचनमा आउने गरेका छन् । ‘सडक निर्माण भने निकै कछुवा गतिमा छ, हरेक दलले आफ्नो पार्टीले सडकका लागि बजेटको व्यवस्था गरिरहेको र फेरि पनि बजेट हाल्ने आश्वासन दिइरहेको छन्’, उनले भने।
अहिले बझाङमा हुन गइरहेको उपनिर्वाचनका लागि पनि उम्मेदवारको एजेण्डा ताक्लाकोट सडक नै छ । नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले चैनपुर–ताक्लाकोट सडक विस्तार गर्ने योजना बनाए । एमालेका उम्मेदवार दमन भण्डारीले चैनपुर–ताक्लाकोट सडकलाई सुरूङ मार्गद्वारा चीनको सिमानासम्म पु¥याउन पहल गर्ने एजेण्डा राखेका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले पनि देशको आर्थिक उन्नतिको बाटो खोल्न ताक्लाकोट सडक निर्माण र स्तरोन्नती गर्ने एजेण्डा सार्वजनिक गरेका छन् । उनले बझाङ्गीलाई धनी बनाउन सडक नै ताक्लाकोट सडक नै चाहिने बताए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काको एजेण्डा पनि चीन सरकारको सहयोगमा चैनपुर ताक्लाकोट सडक निर्माण गर्ने छ ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाको चुनावी प्रतिवद्धतामा चैनपुर–ताक्लाकोट ९उरै० सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पहल गर्ने उल्लेख छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार किशोर खड्काले चैनपुर–ताक्लाकोट सडकलाई आफ्नै पालामा सञ्चालनमा ल्याउने गरी लाग्ने एजेण्डा बनाएका छन् । यसरी हरेक उम्मेदवारले ताक्लाकोट सडकलाई प्राथमिकतामा राखेका छन् । तीन दशकसम्म सडकको अवस्था भने कछुवा गतिमा अघि बढेको छ । चीनले उरै भन्ज्याङ नजिकै ठाडो ढुङ्गासम्म सडक निर्माण गरिसकेको छ । बझाङ सदरमुकाम चैनपुरबाट एक सय तीन किलोमिटर दूरीमा पर्ने उरैमा पुग्न नेपालतर्फबाट भने अझै ६३ किलोमिटर सडक खन्न बाँकी रहेको इन्जिनियरसमेत रहनुभएका कार्कीले बताए । उनका अनुसार कछुवा गतिमा काम भइरहेको सेती लोकमार्ग उत्तर खण्डअन्तर्गत पर्ने यो सडक निर्माणका लागि दुई वटा ठेकेदार कम्पनीले काम गरिरहेका छन् ।
भौतिक प्रगति सन्तोषजनक नभएको सेती लोकमार्ग उत्तर खण्ड चैनपुर–ताक्लाकोट सडक आयोजना कार्यालयले जनाएको छ । करिब १८ किलोमिटर दूरीको चैनपुर–रुवातोला सडकलाई चौडा बनाउने कामका लागि २०७३ मा ठेक्का सम्झौता भएर काम सुरु गरेको लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म काम सम्पन्न गर्न सकेको छैन ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा कोशी प्रदेशस्तरीय तेस्रो औद्योगिक बृहत् प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ शुरु भएको छ । ‘मेहनत सृजना उत्पादन र वस्तु मेरै नेपालको प्रयोग गरौ उधोग गरौ स्वदेशी वस्तुको प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ बुधबारदेखि नेपाल घरेलुु तथा साना उद्योग महासंघ तथा उदयपुर जिल्ला महिला उद्यमीको आयोजनामा जिल्ला कृषि ज्ञान केन्द्र, घरेलु साना उद्योग, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र लगायतको सहकार्यमा महोत्सव शुरु गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेशको उपसभामुख सृजना दनुवारले आर्थिक समृद्धि र विकासका लागि आन्तरिक उत्पादन र प्रयोगमा जोड दिनुपर्ने बताइन् । दनुवारले आन्तरिक उत्पादन विकास निर्माणका लागि महत्वपूर्ण मियोको रुपमा रहेको जनाउँदै त्यसका लागि घरेलु उद्योग कलकारखाना निर्माण र निर्यातमा जोड दिनुपर्ने र त्यसका लागि राज्यले जोड दिईरहेको बताइन् ।
उद्योग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले महोत्सवलाई सम्बोधन गर्दै कृषिलाई उत्पादनसँगै उद्योगमा जोड दिनुपर्ने बताएका थिए । मन्त्री खत्रीले उद्योग कलकारखाना विकासको मूल आधार रहेको उल्लेख गर्दै कलकारखाना, कृषि र उद्योग बिना विकासको परिकल्पना गर्न नसकिने बताए । नेपालको परनिर्भरता कम गर्न कृषिको विस्तार र उद्योग कलकारखाना सञ्चालनमा जोड दिनु पर्ने उनले बताए ।
नेपाल घरेलुु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले अर्गानिक आन्तरिक उत्पादन र औद्योगिकरणसँगै बजारीकरण र निर्यातमा जोड दिने उद्देश्यले तेस्रो प्रदेश स्तरीय महोत्सवको आयोजना गरिएको बताएका थिए । महोत्सवमा विभिन्न जिल्लाका स्थानीय स्तरमा उत्पादन गरिएका ढाका कपडा, खुकुरी, बेसार, बाँसको हस्तकला सामग्री, अचार, स्थानीय परिकार, कोदोको पिठोको मःमः, रोटी, तोङ्बा, लगायतका विभिन्न स्थानीय स्तरमा उत्पादन गरिएका वस्तुका स्टलहरु राखिएको छ ।
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्देश्यका साथ स्थापना भएकोे सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको हो ।
आश्रममा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै पोखरेलले वृद्धहरुको सेवामा समर्पित आश्रम संचालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको र संस्थालाई सानै भएपनि सहयोग प्रदान गर्न पाउँदा आफूलाई धेरै खुशी महसुस भएको बताए ।
अशक्त असहाय वृद्धाहरुको सेवामा समर्पित आश्रमलाई सांकेतिक रुपमा सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित उनको भनाइ छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
काठमाडौं : टीभीएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरु र रेसिङ डिएनए अनुरुप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ । यसको न्यू–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्ने र राइडरहरुको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
प्रिमियम, टीभीएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले भने, ‘गत वर्ष नेपालको टीभीएस मोटरका प्रिमियम सेग्मेन्टमा उल्लेखनीय थियो, जहाँ हामीले उल्लेखनीय बजार हिस्सा हासिल गरेर महत्वपूर्ण माइल्स्टोन हासिल गरेका थियौं ।’ सो मोटरसाइकल पाँचवटा रंगहरुमा उपलब्ध हुने र जसको मूल्य तीन लाख पाँच हजार नौ सय रहेको छ ।
काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई मुक्तिनाथ भ्रमण गराएको छ । गएको असोज र कात्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल दुई सय जना भन्दा बढी वरिष्ठ अभिकर्ताहरुलाई कम्पनीले भ्रमण गराएको हो ।
नेपालको पर्यटकीय क्षेत्र मुस्ताङको मनोरम दृष्यहरु अवलोकन गराउने र त्यहाँ अवस्थित नेपालको मुख्य तिर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका एजेन्सी विभाग प्रमुख शुशिलप्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवद्र्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताहरुबीच एक आपसमा अन्तरक्रिया भई अभिकर्ता दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुगेको बताए ।
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारण सभापछि बनेको नया“ कार्यसमितिले विभिन्न विभागको सभापति चयन गरेको हो ।
विभागका नेतृत्वहरुमध्ये विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ र रोजगारदाता परिषद्को सभापतिमा उपाध्यक्ष दीपक श्रेष्ठ चयन भएका छन् । यस्तै, उपाध्यक्षहरु सुरेन्द्रकुमार श्रेष्ठ वस्तुगत समन्वय परिषद, निलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषद् र सन्तोषकुमार पाण्डेले जिल्ला समन्वय परिषदको सभापतिको जिम्मेवारी पाएका छन् ।
साथै, अर्जुनप्रसाद शर्मा अन्तर्राष्ट्रिय प्रर्वद्धन समितिको सभापति, राजस्व समितिमा पर्शुराम दाहाल, कृषि जडिबुटी तथा वनजन्य समितिमा कृष्णमान श्रेष्ठ र उद्योग वाणिज्य समितिको सभापतिमा भिमलाल पौडेल चयन भएका छन् ।
काठमाडौं : नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दाबी भुक्तानी तत्काल शुरु गर्न निर्देशन दिएको छ । नेपाल बीमक संघबाट जारी भएको विज्ञप्तिमा ध्यानाकर्षण जनाउँदै प्राधिकरणले भ्रम सिर्जना नगरी उक्त कार्य नरोक्न निर्देशन दिएको हो ।
संघले नेपाल सरकारले कृषि बीमाको अनुदान रकम नदिएसम्म दाबी भुक्तानी नगर्ने भन्दै बुधबार विज्ञप्ति जारी गरेका थिए । जसमा कम्पनीहरुलाई ध्यानाकर्षण गराउँदै प्राधिकरणले उक्त निर्णयबाट पछि हट्न निर्देशन गरेको हो ।
‘कृषि तथा पशुपन्छी बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भईरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गरियोस्,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै आगामी दिनमा यस प्रकारका बीमा बजारमा भ्रम सिर्जना हुने तथा बीमाको विश्वसनीयतामा नै असर पर्ने खालका विज्ञप्ति एवम् सूचना सम्प्रेषण नगर्न समेत प्राधिकरणले कम्पनीहरुलाई जानकारी गराएको छ ।
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)द्वारा बुधबार आयोजित ‘ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैङ्गिक समताको एकीकरण’ सम्बन्धी कार्यक्रममा उनले अहिले विस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको छ बताइन् । ‘राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि अन्य क्षेत्रमा भने त्यसरी वृद्धि हुन सकेको छैन’, उनले भनिन् ।
मन्त्री चौधरीले जलविद्युत आयोजना लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न पनि समय लाग्ने गरेको जनाउँदै उनले सात मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताइन् ।
मन्त्री चौधरीले जलविद्युत आयोजना एउटा योजना मात्रै नभएर वन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र भएको बताइन् । ‘वातावरण संरक्षण, स्थानीय समुदायको जनजीवनलाई पनि ध्यान दिनुपर्ने हुनाले सबै कुरालाई ध्यान दिनुपर्ने बाध्यता छ’, उनले भनिन् ‘नेपालमा पनि ऊर्जा बेचेर समृद्ध हुन सक्ने सम्भावना रहेको छ, लगानी सम्मेलन पनि देशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना तय गएिको छ ।’
बुधबारदेखि हिमालयन हाइड्रो एक्स्पो २०२४ शुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित इप्पानको आयोजनामा हिमालयन ‘हाइड्रो एक्स्पो’ शुरु भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले र्यालीको उद्घाटन गरेका थिए । इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली, हामी आफैँ खपत गरौँ’ भन्ने उद्देश्यले इभी ¥याली आयोजना गरिएको बताए । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य लिएको छ । त्यसका लागिसमेत विद्युतीय सवारी ¥यालीले थप प्रवद्र्धन हुने आशा छ ।
छबि सापकोटा/मध्यान्ह
काठमाडौं : पाटन उच्च अदालतले पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौट प्रक्रिया रोक्न बुधबार अल्पकालीन अन्तरिम आदेश दिएसँगै पर्यटन बोर्डको सीईओ चयनमा थप ढिलाइ हुने भएको छ । कार्यकारी प्रमुख छनौट समिति र प्रक्रिया नमिलेको भन्दै परेको रिटमा उच्च अदालत पाटनले प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो । अधिवक्ता रमेश बडाल, रमेशप्रसाद धिताल र हरिप्रसाद मैनालीले रिटमाथि सुनुवाइ गर्दै कार्यकारी छनौट प्रक्रिया रोक्न अल्पकालीन आदेश आएको दिएका हुन् ।
नेपाल पर्यटन बोर्डको कार्यकारी समितिका सदस्यहरु मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन समेत गैरकानुनी भएको भन्दै रिट दायर गरिएको थियो । बोर्डको कार्यकारी प्रमुख नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, नेपाल पर्यटन बोर्ड ऐन विपरीत भएको भन्दै सीईओ छनोट प्रक्रियाविरुद्ध बोर्डकै कर्मचारीले रिट दायर गरेका थिए । उच्च अदालतको आदेशसँगै तीन महिनादेखि नेतृत्वविहीन बनेको बोर्डमा फेरि थप अन्योलता देखिएको छ ।
बोर्डको सीईओका लागि पदपूर्ति समितिले १६ जनाको नाम सर्ट लिस्ट गरेको थियो । सीईओ बन्न २० जनाले आवेदन दिएकामध्ये चार जनालाई समितिले सर्ट लिस्टबाट हटाएर १६ जनाको नाम सार्वजनिक गरेको थियो । सर्ट लिस्टमा परेकाहरुले बोर्डमा बैशाख १० गते आफनो प्रस्तुतिकरण समेत दिइसकेका थिए । अदालतको आदेशसँगै सबै प्रक्रिया रोकिएको छ । सीईओ डा. धनञ्जय रेग्मीको माघ १४ गते पदावधी सकिएपछि बोर्ड नेतृत्वविहीन छ ।
यतिबेला कार्यविधि नहुँदा बोर्डले गर्ने देश बाहिरका कार्यक्रम समेत रोकिएका छन् । अहिले स–साना कार्यक्रममा मात्रै बोर्ड सीमित बन्न पुगेको छ । बोर्ड नेतृत्वविहीन हुँदा बाह्य कार्यक्रम पूरै प्रभावित भएका छन् । सीईओविहीन हुँदा पर्यटकको मुख्य सिजनमा बोर्डले पर्यटन प्रवद्र्धनको काम गर्न सकेको छैन । सुस्ताएको पर्यटन क्षेत्रलाई गतिमा लैजानुपर्ने बेलामा पदपूर्ति समस्याका कारण बोर्ड निष्क्रिय बन्न पुगेको छ ।
काठमाडौं - नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरुबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ । आज बुधबार परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको व्यवसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरे ।
लगानीका लागि नेपाल उर्बर भूमी रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने बताए । व्यवसायिक भ्रमणको नेतृत्व गरिरहेका रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष सर्गेई कातरिनले देशको विकासका लागि निजी क्षेत्र सक्रिय हुन आवश्यक रहेको बताए । नेपालमा लगानीका लागि रसियाका उद्योगी व्यवसायी तयार रहेको भन्दै उहाँले नेपालमा परिसंघसँग सहकार्य गर्दै केही न केही महत्वपूर्ण काम गर्ने बताए । दुई देशका व्यवसायिहरुलाई प्रोत्साहन गर्न सँगै काम गर्न तयार रहेको बताए ।
यसैबीच परिसंघ र रसियाका तीन व्यवसायिक संस्थाबीच दुई पक्षिय हितका विषयमा काम गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । रसिया उद्योग वाणिज्य महासंघ, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघ र लिपेस्टिेक उद्योग वाणिज्य संघसँग परिसंघको समझदारी भएको हो । समझदारी पत्रमा परिसंघका अध्यक्ष अग्रवाल, रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष कातरिन, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघका अध्यक्ष भ्लादिभिर कान्तेनेभ, लिपेस्टिेक उद्योग वाणिज्य संघका अध्यक्ष आन्तेली गोस्ताभले हस्ताक्षर गरे ।
उक्त समझदारी पत्रमा हस्ताक्षर तथा व्यवसायिक छलफल कार्यक्रममा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, राज बहादुर शाह, अमित मोर, भीम घिमिरे, राष्ट्रिय परिषद् सदस्यहरु छायाँ शर्मा, अमित बेगानी, मनिष खेम्का, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies