काठमाडौं : मधेश प्रदेश सरकारकी नवनियुक्त श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले बिहीबार पदभार ग्रहण गरेकी छिन् ।
जनकपुरस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री लुंगेलीले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने प्रतिबद्धता जनाइन् । मन्त्री लंगेलीले मातहतका कार्यालयहरुमा टोकन प्रणाली लागू गर्ने, कार्यालयहरुमा सेवाग्राहीलाई बस्ने प्रतिक्षालय निर्माण गर्ने र शुद्ध खानेपानीको व्यवस्था मिलाउने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सेवा सुचारु नभएका कार्यालयबाट अविलम्व सेवा शुचारु गर्ने व्यवस्था मिलाउने निर्णय गरेकी छिन् ।
यस्तै लंगेलीले सवारी चालक अनुमति पत्र वितरण र यातायात क्षेत्रका सेवाप्रति सेवाग्राहीहरुबाट बढिरहेको गुनासो कम गर्दै नागरिकमैत्री सेवा प्रदान गर्न सम्बन्धित कर्मचारीहरुलाई निर्देशन समेत दिइन् ।
मन्त्री लुंगेलीलाई मन्त्रालयका सचिव सुरेन्द्र प्रसाद पौडेल लगायत कर्मचारीहरुले स्वागत गरेका थिए । सो अवसरमा सचिव पौडेलले मन्त्रालयले गर्नुपर्ने महत्वपूर्ण कार्यहरु, जनशक्तिको अवस्था, मातहतका निकायहरुको बारेमा जानकारी गराएका थिए ।
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।
बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी थिए ।
कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको हो भने एक मत तटस्थ रहेको छ ।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् ।
यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् ।
आजको बैठकमा कांग्रेसका तीन सांसद् उपस्थित भएनन् । राप्रपा तटस्थ बसेको छ । प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ ।
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले अहिलेको सत्ता समीकरण अर्को निर्वाचनसम्म टिक्ने बताएका छन् । बुधबार चरिकोटमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति, दोलखाले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता सापकोटाले उक्त दाबी गरेका हुन् ।
सापकोटाले अहिलेको सत्ता समीकरण वामपन्थी र गैरवापन्थी दलहरुको भएको जिकिर गरे । पछिल्ला समयका विभिन्न सामाजिक सञ्जालमा अहिलेको सत्ता समिकरण टुट्ने, फुट्ने, भत्कने जस्ता भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरे ।
सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको प्रष्ट पारे । ‘अहिले मित्र राष्ट्रसँग समधुर सम्बन्ध राख्ने, राष्ट्रिय अडानका रुपमा प्रस्तुत गर्नुपर्ने आजको आवश्यकता रहेको छ,’ उनले भने ‘देश आधुनिक कृषि क्रान्तितर्फ लैजान पर्ने देखिएको छ ।’
मकवानपुर : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालु अधिवेशनको बैठकको आज राति १२ बजेदेखि अन्त्य गरेका छन् । उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेश सभाको अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
प्रदेश सभाको गत चैत १९ गते बसेको बैठकमा मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएपछि सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् ।
सर्वोच्चले अदालतले १६ चैतमा अख्तियारको निर्णय र त्यसका आधारमा गरिएका परिपत्रहरू बदर गर्ने फैसला सुनाएको थियो । सोही आधार देखाउँदै संसद सचिवालयले उनको निलम्बन फुकुवा गरेको हो ।
भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङलाई निलम्बन गर्ने भनि संघीय संसद सचिवालयबाट जारी सूचना बदर गरिदिएको थियो ।
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा गुरुङ मतियार ठहर भएका थिए । उनको हकमा कैद ठहर भएको थिएन भने जरिवाना गरिएको थियो । उक्त मुद्दा सर्वोच्च अख्तियारले पुनरावेदन गरेपछि गुरुङले निलम्बन फूकुवा हुनुपर्ने भन्दै रिट दायर गरेका थिए ।
कांग्रेस नेता गुरुङ २०७९ मंसिरको चुनावमा मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
भक्तपुर : पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सहकारीका मुद्दा थप चर्काउने देखेर सरकारले संसद अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज एवम् नेपाली कांग्रेसका नेता स्व.जगन्नाथ आचार्यको १०१ औं जन्म जयन्तीको समारोहलाई मंगलवार भक्तपुरको कौशलटारमा सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् ।
सिंहले भने, ‘सहकारीका विषयमा कांग्रेसले उठाएको मुद्दाको संसदमा सामना गर्न नसकेर सरकारले संसद अधिवेशन अन्त्य गर्यो । कांग्रेस प्रतिपक्षमा भए पनि मुलुकका लागि आवश्यक विधेयक ल्याउन र त्यसमा छलफल गर्न संसदमा अवरोध नगरेको बताउँदै नेता सिंहले सहकारीको रकम हिनामिना र ठगीमा संलग्नलाई गृहमन्त्री बनाउँदा प्रमाण नष्ट गर्ने सम्भावनाका कारण कांग्रेसले विरोध गरेको बताए ।
संघीय व्यवस्था लागु भएको आठ वर्ष बितिसक्दा पनि संघीयताको पूर्ण कार्यान्वयन गर्ने कानुन निर्माण र मर्म अनुसार चल्न नसक्दा संघीयतामाथिनै जनताहरुले प्रश्न गर्न थालेको सिंहको भनाई थियो । स्व। जगन्नाथआचार्यले गरीव किसानका पक्षमा धेरै काम गरेको उल्लेखगर्दै नेता सिंहले साधा जीवन उच्च बिचारका धनी आचार्यबाट अहिलेका नेताले धेरै सिक्नुपर्ने बताए ।
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् संघीय सांसद दुर्लभ थापाले स्व. आचार्य हक्की र निडर नेता भएको चर्चा गर्दै मध्यपुरमा आचार्यको शालीक स्थापनागर्न निर्देशन दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले स्व. आचार्य क्रान्तिकारी, जुझारु, साधगी र सशक्त नेता भएको स्मरण गर्दै आफुले सानैदेखि वहाँसंग राजनीतिक शिक्षा लिन पाएको बताए ।
बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले स्व. आचार्यले बनाएको कांग्रेसको धरातल र पार्टीको जगकै कारण नेपाली कांग्रेस भक्तपुरमा बलियो र पहिलो राजनैतिक शक्ति बनेको बताए । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका पुर्व सभापति एवं पुर्व सांसद लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो ।
काठमाडौं : कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट रणसिंह परियार मन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।
परियार हुम्ला प्रदेश सभा (क)बाट निर्वाचित सांसद हुन् ।
कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार विस्तार गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् बिस्तार हुने भएको हो । परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । “सरकारमा नयाँ जाने वा पुरानै पठाइने भन्ने अहिले केही छैन”, उनले भने, “बाँकी तीन मन्त्रीको टुंगो लागेपछिको कुन हुने भन्ने निक्र्यौल हुन्छ ।”
नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्रीको टुंगो लगाइने बताए । “आज माओवादीले एक जना विनाविभागीय मन्त्री भनेर रनसिंह परियारलाई पठाएको छ”, उनले भने, “मुख्यमन्त्रीले विश्वास मत लिइसकेपछि सरकारले पूर्णता पाउनेछ ।”
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटल सोल्टीमा भएको हो । नेपाल भ्रमणमा आएका अली थानीसँगको यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ ।
होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।
कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘नेपाललाई मेडिकल शिक्षाको हबका रुमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको जानकारी पनि गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको पनि उनले बताए । ‘देश भित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने । प्रतिष्ठानको पूर्वाधार विकास तथा अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाइने उनले बताए ।
स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ चुनौतीहरू देखापरिरहेकाले ती चुनौती समाधान गर्नमा विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए । सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्ने धारणा राखे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies