काठमाडौं : गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ ।गत बुधबार झापाको भद्रपुर हुँदै दार्जिलिङ जाने क्रममा त्रिभुवन विमानस्थलमा भएकाे विवादका बारेमा सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएपछि उनीविरुद्ध अभद्र मुद्दा दर्ता भएको हो ।
महिला प्रहरीमाथि दुर्व्यवहार गरेकीले उनीमाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरकाअनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई प्रकाउ गरी कारवाही अगाडि बढाइने छ ।
महिला प्रहरी रमिता श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी हुँदै महानगरीय प्रहरी परिसरमा दर्ता भएको हो ।
परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies