योगी योगेन्द्र/मध्सान्ह
दोहा : विश्वभर महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड- १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको नेपाली समुदायले पालना गरिरहेको छ ।
यसै क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुलाई खानाको समस्या परेको र गाँव आवाशीय नेपाली संघ एनसीसी कतारको सम्पर्कमा आएकाले एनसीसी कतारद्वारा सार्बजनिक सूचना जारी गरि पीडित श्रमिकहरुको विवरण संकलन गरी रहात वितरण गरिएको एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।
कतार रेड क्रसियन्टमार्फत दोहाको विभिन्न स्थानमा रहेका ३ शय नेपाली कामदारहरुलाई खाद्यान्न वितरण गरिएको हो । आगामी चरणमा पनि खाद्यान्न वितरण र कोरोना भाइरस रोकथामका लागि अति आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष मुसलमानले बताए ।
कतारमा नयाँ ११४ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् । थप १ जना मृत्यु भएको छ यो सगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । कतारमा भाइरस संक्रमितको संख्या ९ शय ४९ पुगेको छ । अहिलेसम्म सम्म २६ हजार २ सय ६० जनाको स्वास्थ्य जाँच गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies