काठमाडौं : संसद सरिता गिरीलाई कारबाही गर्न समाजवादी पार्टीको कार्यदलले सिफारिस गरेको छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वको कार्यदलले गिरिलाई संसद र पार्टीवाट निस्कासन गर्न पार्टीलाई सिफारिस गरेको हो ।
लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् । सोही आरोपमा उनलाई कारवाही गर्न सिफारिस गरिएको हो ।
कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । पार्टी पदाधिकारी बैठकवाट निर्णय अनुमोदन गरेर निर्वाचन आयोगमा पत्र पठाउने तयारी समाजवादीको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies