काठमाडौं : ‘राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठान नेपाल’को अध्यक्षमा नमराज ढुंगाना चुनिएका छन् । संस्थाको हालै आयोजित महाधिवेशनबाट ढुंगानाको नेत्तृृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । प्रतिष्ठानले राजधानीमा एक कार्यक्रम गर्दै नयाँ कार्यसमिति सार्वजनिक गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राम कुमार केसी, उपाध्यक्षमा मिना थापा, महासचिवमा चन्द्रमणि गौतम, सचिवमा सागर लम्साल ‘बले’, सह–सचिवमा भिमसेन खतिवडा, कोषाध्यक्षमा कुसुम दुलाल सिम्रन, सह–कोषाध्यक्षमा विष्णु तामाङ रहेका छन् भने सदस्यहरुमा सुर्यमणि आचार्य, शोभा थापा, शिवराम भण्डारी र बाबुराम भट्टराई चयन भएका छन् ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अभिनेत्री सरिता लामिछाने, इभेन्ट निर्देशक निशु झा, संगीतकार दिपक शर्मालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्षले संस्थालाई प्रादेशिक संरचनामा लैजाने बताए ।
कार्यक्रममा संस्थाले मानार्थ सदस्य समेत वितरण गरेको थियो । जसमा निर्देशक सुदर्शन थापा, गायक आर्जन पाण्डे, कलाकार प्रेम पाण्डे, गायक नविन कुमार पौडेल, कलाकार तेज बहादुर गिरी, कोरियोग्राफर कृष्ण रसाल, मोडल रुबिना अधिकारी, मेकअप आर्टिस गीता पौडेल, गायक सीडी बिजय अधिकारी, गायक नारायण बहादुर थापा, निर्देशक निरेन श्रेष्ठलगायतले संस्थाको मानर्थ सदस्यता प्राप्त गरे । त्यस्तै शुभास बजागाईं र शंकर भट्टराईलाई कार्यक्रममा आजीवन सदस्य वितरण गरिएको थियो ।
‘राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठान’ बहुजातीय, बहुभाषी तथा विविध संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको हो । २२ वर्ष अगाडि शिवनारायण जोशीको अध्यक्षतामा गठित प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष ढुंगाना यस अगाडि महासचिव रहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies