महेश कार्की/मध्यान्ह
बाजुरा : जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुढीनन्दा नगरपालिकाले जित्न सफल भएको छ । बाजुरा जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ १५ गतेदेखि बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित जनप्रकाश माविमा सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
१४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा एथेलेटिक्स, कबड्डी, भलिबल र मार्सलआर्टलगायतका अलग-अलग समूहमा १ हजार २९ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । यस वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुढीनन्दा नगरपालिकाले हात पारेको छ । नगरपालिकाले १८ स्वर्ण र २१ रजतसहित प्रथम भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
त्यस्तै १८ स्वर्ण, १४ रजत र ६ कास्यसहित बडिमालिका नगरपालिका द्वितीय भएको छ भने ८ स्वर्ण, १४ रजत र ४ कास्यसहित खप्तड छेडेदह गाउँपालिका तृतीय भएको छ । त्यसैगरी प्रतियोगितामा बुढीगंगा नगरपालिकाले ७ स्वर्ण, १ रजत र ३ कास्य, त्रिवेणी नगरपालिकाले २ स्वर्ण, ८ रजत र ६ कास्य, स्वामिकार्तिक खापर गाउँपालिकाले ६ स्वर्ण, २ रजत र ४ कास्य हासिल गरेको छ ।
त्यस्तै गौमुल गाउँपालिकाले ४ स्वर्ण र ३ रजत, जगन्नाथ गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य र हिमाली गाउँपालिकाले १ कास्य हासिल प्राप्त गरेको छ । करिब ७ दिनसम्म सञ्चालन भएको १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शान्त वातावरणमा समापन भएको खेलकुद समितिले जनाएको छ । २०८१ मा हुने १५औं राष्ट्रपति रनिङ सिल्ड बुढीगंगा नगरपालिकामा हुने समितिले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies