काठमाडौं : चर्चित लोकदोहोरी गायिका गीता भट्टराई इन्टरनेशनल म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । गायिका भट्टराई जनवरी ४ मा मलेसियामा प्रियसी म्युजिकले आयोजना गरेको तेस्रो सिल्भर म्युजिक अवार्ड २०२४ मा सम्मानित भएकी हुन् ।
गायिका भट्टराईको ‘चोखो मायामा’ बोलको गीत शीर्ष ५ मा पर्न सफल भएपछि उनलाई प्रियसी म्युजिकले अवार्ड प्रदान गरेको हो । वरिष्ठ लोक गायक चन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गायिका भट्टराईसँगै अन्य कलाकारहरु पनि सम्मानित भएका थिए । गायिका भट्टराईले उक्त कार्यक्रममा आफ्नो प्रस्तुतिसमेत दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।
साथै गायिका भट्टराई राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा थाइल्याण्डमा आयोजित सांस्कृतिक सम्मान कार्यक्रम र राष्ट्रिय लोक सांस्कृतिक केन्द्रद्वारा सिंगापुरमा आयोजित श्रष्टा सम्मान तथा सांस्कृतिक साझ कार्यक्रममा सम्मानित भएकी छन् ।
गत जनवरी १ मा थाइल्याण्डको बैंककस्थित प्रिन्स होटलमा वरिष्ठ लोक गायक शर्माकै प्रमुख आतिथ्यतामा राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा आयोजित सांस्कृतिक सम्मान २०८० मा गायिका भट्टराईलाई गीतसंगीतमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
यस्तै जनवरी २ मा सिंगापुरमा वरिष्ठ लोक गायक शर्माकै प्रमुख आतिथ्यतामा राष्ट्रिय लोक सांस्कृतिक केन्द्रले आयोजना गरेको श्रष्टा सम्मान तथा सांस्कृतिक साँझ २०८० मा पनि गायकिा भट्टराईलाई गीतसंगीतमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
गायिका भट्टराई यसअघि पनि विभिन्न अवार्डबाट सम्मानित भइसकेकी छिन् । गत पुसमा लामो समयदेखि नेपाली मौलिक गीत, संगीत, कला, साहित्य, पर्यटन र संस्कृतिको क्षेत्रमा आवद्ध भइ आफ्नो सिर्जना, कला र गलाको माध्यमबाट सांगीतिक क्षेत्रलाई बृहत्तर र समृद्ध बनाउन गरेको महत्वपूर्ण योगदानको कदर गर्दै गायिका भट्टराईलाई सांस्कृतिक समाज नेपालले सम्मान गरेको थियो ।
यस्तै उनले ‘जमुना र मोती’ बोलको गीतबाट ‘सहयात्रा तीज म्युजिक अवार्ड २०७५’मा सर्वोत्कृष्ट अवार्ड, ‘मेलोडी म्युजिक अवार्ड २०७७’मा सर्वोत्कृष्ट गायिका, ‘ए ठूले’ बोलको गीतबाट ‘हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड २०७८’मा सम्मान, ‘माया जालमा परें’ बोलको गीतबाट ‘स्टार इन्टरनेशल अवार्ड २०७८’मा उत्कृष्ट अवार्ड, ‘चन्द्रागिरि घुम्न जाँदा’ बोलको गीतबाट ‘तेस्रो एपिक म्युजिक अवार्ड २०७८’मा सम्मान पाएकी छिन् ।
गायिका भट्टराईले लोक दोहोरी, लोक पप, तीज, रक, आधुनिकलगायतका विभिन्न विधाका गीतमा आफ्नो सुमधुर स्वरको जादु देखाउँदै आएकी छिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies