तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल आइडलको तेस्रो सिजनका सेकेन्ड रनरअप किरण भुजेल र उत्कृष्ट ९ मा परेका चर्चित गायिका ममता गुरुङ कतार आइपुगेका छन् । उनीहरूले आज मंगलबार र बुधबार साँझ कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको "भ्यालेन्टाइन नाइट"मा प्रस्तुति दिने भएका हुन् ।
आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका कलाकारद्वयले कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा निमन्त्रणा गरेका छन् । कलाकारको स्वागतका लागि क्लब सञ्चालक रमेश केसी, कार्यक्रमका संयोजक रोशन अर्याल लगायतका अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।
कार्यक्रमको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ । कार्यक्रममा प्रवेश शुल्क पुरुषका लागि कतारी रियाल ५० र महिलाका लागि निःशुल्क रहेको कार्यक्रम संयोजक अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies