सरु भुसाल/मध्यान्ह
गुल्मी : जिल्ला ब्याडमिन्टन संघ गुल्मीले सदरमुकाम तम्घासमा राष्ट्रिय स्तरको खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्ठले यही चैत ९ गतेदेखि ११ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
पर्यटन प्रबर्द्धनका लागि रेसुंगा नगरपालिकाले सञ्चालन गरेको ‘जाउँ हिँड रेसुंगा’ भन्ने अभियानलाई सफल बनाउन सहयोग गर्ने उद्देश्यका साथ जिल्लामा पहिलो पटक खुला प्रथम राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत खुला पुरुष डबल, ३५ प्लस भेट्रान्स, ४५ प्लस भेट्रान्स, ५५ प्लस भेट्रान्स, खुला पुरुष सिङ्गल, खुला महिला डबल र खुला पुरुष बी ग्रेडका गरी सात विधाका खेल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा खुला पुरुष डबल ब्याडमिन्टनतर्फका प्रथम विजेतालाई ६० हजार, प्रथम उपविजेतलाई ४० हजार र दोस्रो उपविजेतालाई २० हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । दर्ता शुल्क भने तीन हजार रहेको छ ।
३५ प्लस भेट्रान्समा विजेतालाई ४० हजार, प्रथम उपविजेतालाई २५ हजार र दोस्रो उपविजेतालाई १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । दर्ता शुल्क भने रु.दुई हजार पाँच सय रहेको छ । यस्तै ४५ प्लस भेट्रान्समा विजेता पुरस्कार ४० हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।
५५ प्लस भेट्रान्समा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार रहेको छ ।
खुला पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।
खुला महिला डबल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार रहेको छ ।
खुला पुरुष ग्रेड बी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।
प्रतियोगिताअन्तर्गत खुला पुरुष डबल र खुला पुरुष सिंगलमा टप–२० भन्दा तलका खेलाडी मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको प्रबर्द्धकका रूपमा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेश र जिल्ला खेलकुद विकास समिति गुल्मी रहेका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख ६० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको र आयोजक संस्था, स्थानीय तह तथा स्वदेश–विदेशमा रहेका खेलप्रेमीहरुबाट आर्थिक स्रोतको व्यवस्थापनमा लागिएको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies