काठमाडौं : नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि आर्थिक वर्ष २०७८/०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । नेपाल उघोग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रालिकी सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका थिए । गतवर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा मनकामना सम्मानित भएका थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies