काठमाडौं : विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसङ मोबाइल फोनहरु बेच्ने स्वीच अन रिटेलको तेस्रो शोरुम नेपालगञ्जको धम्बोजी चोकमा सञ्चालन भएको छ । उक्त नयाँ शोरुमको उद्घाटन बुधबार प्रमुख अतिथि डा. धवल सम्शेर राणा तथा विशिष्ट अतिथि नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्टले गरेका थिए । उक्त कार्यक्रममा स्विच अन रिटेल प्रालीका प्रबन्ध निर्देशक सीमा गोल्छाको पनि उपस्थिति थियो ।
नेपालगन्जमा तेस्रो शोरुम खोल्नुको कारणबारे गोल्छाले नेपालगन्ज ठूलो महत्वको बजार भएको, यो पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र मात्र नभई मुख्य प्रवेशद्वार पनि भएकोले नेपालगन्ज एउटा सम्भावनाको शहर भएको बताइन् । विगत ५ वर्ष देखि सञ्चालनमा रहँदै आएको स्वीच अन शोरुम मोबाइल, टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन, एयर क्नडिसनर तथा अन्य स–साना घरायसी इलेक्ट्रिक–इलेक्ट्रोनिक्स सामान सामानहरु किन्ने भरपर्दो गन्तव्य बन्दै आएको छ । यी शोरुमहरुमा ग्राहकहरुको सहजताका लागि किस्ताबन्दी सुविधा र एक्सचेन्ज (पुरानोसँग नयाँ साटेर लिने) सुविधा पनि उपलब्ध हुनेछ ।
किस्ताबन्दी कार्यक्रम बारे थप जानकारी दिँदै गोल्छाले भनिन्, ‘यो एक्दमै ग्राहकमैत्री र सजिलो छ, यसमा कुनै ब्याज र सेवा शुल्क लाग्दैन, किस्ताबन्दीको प्रक्रिया पुरा गर्न पनि योग्य ग्राहकलाई लगभग ९० मिनेट भन्दा बढी समय लाग्दैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies