कृष्ण तिवारी/मध्यान्ह
रौतहट : रौतहटको गौर नगरपालिका-२ माहादेवपट्टी र इशनाथ नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । लाल बकैया नदीमाथि निर्माण गरिएको बानेश्वरनाथ माहादेव घाट झोलुङ्गे पुलको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले पार्टीको भूमिकालाई कसैले बेवास्ता गरे त्यसको जवाफ दिइने बताए ।
गौर नगरपालिकाका मेयर शम्भु साहका अनुसार २ सय ५९ मिटर लम्बाइ रहेको झोलुङ्गे पुल ४ करोड ८७ लाखको लागतमा निर्माण गरिएको हो । मेयर साहले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवत–जावतमा सहज हुने बताए । उनले विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए । आफूले स्थानीयवासीको आवश्यकता र मागलाई प्राथमिकता दिएको उनले बताए । पुल संरक्षणका लागि सरकारसँगै स्थानीयवासीको समेत दायित्व भएकाले पुलको संरक्षणमा जुट्न उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा पूर्वमन्त्री डा. बन्शीधर मिश्र, पूर्वविकास समिति सभापति कल्याणी खड्का, संविधानसभा सदस्य सरला यादव, मधेश प्रदेश मन्त्री बेची लुङेली, एकीकृत समाजवादी जिल्ला अध्यक्ष कमल यादव, रेवन्त झा, राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादव, गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुर, पत्रकार माहासंघ रौतहट अध्यक्ष प्रेमचन्द्र झालगायतले पुल निर्माण भएपछि छिमेकी मुलुक भारतदेखि स्थानीयवासीलाई आवत–जावत, सामान ढुवानीसँगै उनीहरूको दैनिकी जीवनमा समेत परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies