काठमाडौं : घरेलु कामदारको पुनः श्रम स्वीकृति सम्वन्धी नेपाल सरकारले लिएको नीतिगत निर्णयका बारेमा जानकारी नभएका कारण आवश्यक तयारी विनानै घर आएका अधिकाश नेपालीले पुनः श्रम स्वीकृति नपाउँदा खाडी मुलुकमा पाएको आकर्षक तलव सुविधाकौ रोजगारी गुमाउनु पर्ने अवस्था उत्पन्न भएकौ छ ।
खाडी मुलुक युएईमा करीव पाँच वर्ष घरैलु कामदारको रुपमा काम गरी यस पटकको दशैमा घर आएकी कपिलवस्तु पथ्थरकोटकी माया पुन तोकिएको विदा सकिएपछि रोजगारीमा फर्किदा चाहिनै पुनः श्रम स्वीकृतिकालागि ५ नं प्रदेश अन्तरगतको श्रम कार्यालय बुटवल गईन । तर उनले रौजगारीमा जान पाउनुपर्ने पुनः श्रम स्वीकृति पाउन सकिनन् । सरकारलै घरेलु कामदारको पुन श्रम स्वीकृति लिदा सम्वन्धित देशको नेपाली दुतावासको सिफारिश अनिवार्य गरैको थियो । तर मायाले यूएईबाट फर्किंदा त्यसबारे जानकारी नपाएको बताइन् । उनले मध्यान्हसंग भनिन्, ‘मैले फेरी कामममा आउन पाउने गरी पुनः श्रम स्वीकृति खुलेकौ सूचनामात्र पाएकी थिएँ । तर दूतावासको सिफÞारिश चाहिन्छ भन्ने थाहा थिएन ।’
चार वर्ष अघि क्लिनर कम्पनीमा रोजगारीका लागि युएई गएकी पुनले कम्पनीमा भन्दा मालिककौ घरमा घरायसी काम ‘हाउस मेड’मा काम गर्दा राम्रो कमाइ र सजिलौ हुने थाहा पाए पछि उनले रोजगारी परिवर्तन गरिन् । उनले भनिन्, ‘घरभित्रकौ काम हो भने पछि कम्पनीको काम छोडेर गएँ, मालिक्नी पढेलेखेकी राम्रै परेको थियो । त्यसैले फेरी जान खोजेकी छु ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारको पुनः श्रम स्वीकृति खोल्दा शुरुमा वैदेशिक रोजगारीमा जाँदा नै घरेलु कामदारका रुपमा श्रम स्वीकृति लिएर गई सोही क्षेत्रमा काम गरेकाहरुलाई मात्र पुनः श्रम स्वीकृति दिने शर्त तोकेको थियो । साथमा घर फर्किंदा नैपाली दुतावासको सिफÞारिश पनि अनिवार्य गरिएको थियो । तर पुनले यी दुवै कुराको ख्याल गरिनन् ।
२०७३ साल चैत २० गतेदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकेकोमा संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको भदौ पहिलो हप्ताको निर्देशनपछि श्रम मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार कार्यालय काठमाडौं सहित सातवटै प्रदेशमा रहेका श्रम कार्यालयहरुले पुनः श्रम स्वीकृति दिन शुरु गरेको हो । सरकारलै पुनः श्रम स्वीकृति रोकेपछि घर आउन नपाएका हजारौं नेपाली घर विदामा आएका छन् । दशैं, तिहार, छठजस्ता चाडबाडको मौका छोपेर घर आउनेहरुको संख्या पनि त्यत्तिकै रहेको छ ।
घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी निर्देशिकाको अनुसूची ८ बमोजिम सम्बन्धित दूतावासको सिफारिश आवश्यक पर्दछ तर धेरै कामदारहरुले सिफÞारिश नलिई घर फर्किएर पुनः श्रम स्वीकृतिका लागि ताहाचलस्थित काठमाडौं रौजगार कार्यालय र प्रदेशस्थित श्रम कार्यालय पुग्ने गरेका छन् ।
मालिकको निजी गाडी चलाउने, घरमा खाना पकाउने, बगैचामा पानी हाल्ने देखि बालबच्चाको स्याहार गर्ने कामदार घरेलु कामदारका रुपमा चिनिने गरेका छन् । तर उनीहरु सम्बन्धित देशको श्रम कानूनको दायरामा समेटिएका छैनन् । कुवेत, कतार, ओमान, साउदी अरब र बहराइनलगायतका खाडी मुलुकमा हजारौं नेपाली घरेलु कामदारका रुपमा कार्यरत रहेका छन् । बाहिरी सूचनाको पहुँचमा नरहने गरेका कारण उनीहरु कपिलवस्तुकी पुन जस्तै समस्यामा परेका छन् । मायाले भनिन्, ‘नेपाली दुतावासमा पत्रका लागि फोन गरेकी छु । तर निर्देशिका अनुसार पुनले दूतावासबाट सहयोग पाउने सम्भावना न्युन देखिएको छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies