जापान : शक्तिशाली समुन्द्री आँधी हागिबिसका कारण जापानको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरै मानिस बेपत्ता भएका छन् । दशभन्दा बढी मानिस घाइते भएका छन् ।
आँधीका कारण जापानमा साठी वर्ष यताकै ठूलो वर्षा भएको बताइएको छ । हागिबिस आँधीले प्रतिघण्टा दुई सय पच्चिस किलोमीटरगतिमा पूर्वी तटिय क्षेत्रमा अघि बढी बढेको जापानका सञ्चारमाध्यमले जनाएका छन् ।
आँधीका कारण हवाई तथा स्थल यातायात सेवा बन्द भएका छन् । दुई लाख सत्तरी हजार घरमा विद्युत आपूर्ति ठप्प भएको छ । आँधीका कारण बाढी र पहिरोको जोखिम हुनसक्ने भन्दै सात लाख मानिसलाई सुरक्षित स्थानमा जान सरकारले आग्रह गरेको छ ।
तर पचास हजार मानिसले मात्रै घर छाडेको सञ्चारमाध्यमले जनाएका छन् । आँधीले आजपनि प्रभाव पार्ने जापनको मौसमसम्वन्धि निकायले अनुमान गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies