म्याग्दीः जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् ।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् । समुद्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए । उनका अनुसार, मौसम अनुकूल भएपछि विगतका वर्षहरुको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयर आएका छन् ।
पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ । क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघिदेखि नै पर्यटक र तीर्थयात्री पैदलयात्रा हुँदै खयर पुग्न थालिसकेका थिए ।
त्यसैगरी रघुगङ्गा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ । जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ । पानीको तलाउनमा रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रुपमा रहेको छ ।
ऋखार क्षेत्रमा दुई दिनदेखि तीर्थयात्रीको चाप बढेको सप्तऋषि युवा क्लबका सल्लाहकार अंकित पुनले बताए । हरेक वर्ष ऋखारको भ्रमण र दर्शनमा आउने तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको छ । जनैपूर्णिमाको दिन आफ्नो मनोकाङ्क्षा लिएर नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनको चहलपहल छ । यी तलाउ र थानमा जनैपूर्णिमाको अवसरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले पूजाआजा र भाकल गर्ने चलन छ । रासस
काठमाडौंः जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् ।
अन्यले भने डोरो बाँधेर यो पर्व मनाउने गरेका छन् । वाग्मती नदीको तीरमा रहेको पशुपतिनाथ, गोकर्णेश्वर, बराहकर्णेश्वर, कुम्भेश्वरलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।यसैगरी वसन्तपुर दरबार क्षेत्रको अशोकविनायक मन्दिर क्षेत्र, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिरलगायतमा पनि बिहानैदेखि भक्तजनको भीड घुइँचो लागेको छ ।
यी स्थलमा ब्राह्मण एवं पुरोहित डोरो बाँध्ने र नयाँ जनै फेराउने गरिरहेको देखिन्छ । कतिले घरमै विधिपूर्वक स्नान गरेर यज्ञोपवीत र डोरो बाँधेर यो पर्व मनाउँछन् । पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका ब्राह्मणसँग नव यज्ञोपवीत धारण गर्न र डोरो बाँध्न भक्तजनको लाम लागेको उनले बताए । पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकका नामले चिनिने चावहिल गणेशलगायत ठूला, साना मन्दिरमा पनि डोरो बाँध्ने र नयाँ जनै फेर्ने भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा राजधानी र देशका अन्य ठूला, साना मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष मनाइने यो पर्वमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने कर्म गरेपछि मानिस विभिन्न नकारात्मक शक्तिबाट सुरक्षित हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । यसै दिन विश्व संस्कृत दिवस पनि मनाउन थालिएको छ । जरोकिलो प्रतिष्ठानले श्रावण शुक्ल पूर्णिमा र ऋषितर्पणी पर्वको अवसर पारेर विश्व संस्कृत दिवस मनाउन थालेको हो ।
यस अवसरमा विभिन्न नौ वा ११ किसिमका गेडागुडी भिजाएर टुसा उमारी तयार हुने क्वाँटी पकाएर खाइन्छ । यसले वर्षाभर शरीरमा गाडिएको चिसो निकाली स्वस्थ बन्न मद्दत पुग्ने आयुर्वेद शास्त्रीय विश्वास रहेको छ । यस पर्वका अवसरमा रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी र नौलिङ्गेश्वर कुण्ड, सोलुखुम्बुको दूधपोखरी, देवघाट, रिडी, त्रिवेणीलगायत स्थानमा मेला लागेको जनाइएको छ । केहीले भने बुधबार नै रक्षाबन्धन पर्व मनाएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व आजै मनाउनु शास्त्रसम्मत रहेको जनाएको छ । बुधबार भद्रा परेकाले यो पर्व मनाउन नहुने योग परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । शुक्रबार प्रतिपदा तिथि नरहेकाले प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पनि आजै परेको उनले बताए । आज बिहान ७ः४५ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने समितिले स्वीकृति दिएका पाात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ ।
गण्डकीः सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रुपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ ।
जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ नै वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ ।
पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई पनि सँगसँगै अघि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि अघि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । समितिले यसअघि पोखरा पक्षी समाजसँगको सहकार्यमा यस क्षेत्रमा पाइने चराको गणना गरिसकेको उनले जानकारी दिए ।
‘पदमार्ग क्षेत्रलाई चरा पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने लक्ष्यका साथ यहाँ पाइने सबै चरालाई हामीले पुस्तकमा समेट्ने तयारी गरेका छौँ’, उनले भने, ‘पुस्तकमा समेटिएसँगै यस क्षेत्रमा पदयात्रा गर्न आउने वा चराहरुकै अध्ययन अवलोकनका लागि आउने पर्यटकका लागि थप उपयोगी बन्ने हाम्रो विश्वास छ ।’
नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदमार्ग क्षेत्रका अधिकांश स्थानमा पाइने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रको तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थलसम्म ठूलो सङ्ख्यामा काँडे भ्याकुर भेटिएका छन् । त्यस्तै पदमार्ग क्षेत्रकै कोल्माबाट भैसेगौँडा, बुढाकोट तलतिरको भागलगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडे भ्याकुर पाइएका छन् ।
अध्ययनबाट पदमार्ग क्षेत्रमा एक सय ३७ प्रजातिका चरा फेला परिसकेको र थप अध्ययन अनुसन्धानबाट अन्य केही प्रजाति अझै थपिने देखिएको अध्यक्ष घिमिरेले बताए । स्थलगत अनुसन्धानसँगै यस पदमार्ग क्षेत्रलाई चरा अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
यस क्षेत्रमा काँडे भ्याकुरसँगै अन्य अति सङ्कटमा परेका केही चरा पनि पाइएको उनले बताए । संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका विभिन्न चरा यहाँ भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला पाइएको छ । त्यस्तै पौरी बाज, बौडाइ, कालो चिल, काकाकुल, शिक्रा, वनबाज, मोर¬ङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कन्टे सुगा, मधुवा आदि चरा पर्यटकले देख्न सक्दछन् ।
ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेलगायत प्रजातिका चराले पनि यस पदमार्गको गरिमा अझै बढाएको छ ।
संरक्षणका क्षेत्रमा क्रियाशील प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङ्भाङ भैँसेगौँडामा दुई वर्षअघि लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए ।
‘हामी मिलेनियम ट्रेकलाई पदयात्राका लागि मात्रै नभएर चरा पर्यटनको पनि गन्तव्य बनाउन चाहन्छौँ’, उनले भने, ‘पदयात्रासँगै चराको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गका विभिन्न स्थानमा घरबास सञ्चालनमा आइसकेका छन् ।’
पछिल्ला वर्षमा प्रकृतिका साथीहरु संस्थाकै आयोजनामा उक्त क्षेत्रमा वार्षिक रुपमा विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि विषयक तालिमसमेत प्रदान गर्ने गरिएको निर्देशक राजु आचार्यले जानकारी दिए । देशभरबाट सहभागी हुने विद्यार्थीलाई १९ दिने वन्यजन्तु अनुसन्धान विधि विषयक तालिम दिइने उल्लेख गर्दै उनले सो क्रममा त्यहाँ पाइने चरा, वन्यजन्तु, पुतली आदिबारे जानकारी एवं अध्ययन–अनुसन्धान गराइने जानकारी दिए ।
शान्तस्थल, पर्याप्त वनजङ्गल आदिका कारण पनि यस क्षेत्रमा धेरै प्रजातिका चरा पाइने स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा पोखरा र आसपासका क्षेत्र चराको अध्ययन अवलोकनका लागि स्वदेशी एवं विदेशी पर्यटक आउने थालेका कारण मिलेनियम ट्रेकमा चरा पर्यटनको विकास गर्ने पर्याप्त सम्भावना रहेको गुरुङले बताए । नेपालमा भित्रने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको अध्ययनले देखाएको छ । वासुदेव पौडेल/रासस
सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको महामारी फैलिन थालेपछि चीनबाट नेपाल आउने कार्गो कन्टेनरको आवतजावतमा लगभग रोकिएको थियो । उत्तरी छिमेकीले सीमामा कडा प्रतिबन्ध लगाएपछि व्यापार अझै पूर्ण रूपमा सुचारु भएको छैन। तैपनि सन् २०२१ को जुलाईको मध्यमा पछिल्लो आर्थिक वर्षमा चीनबाट आयात बढेको थियो । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०२०-२१ मा चीनबाट भएको आयात वार्षिक तुलनामा २८ दशमलव ५८ प्रतिशतले बढेर रु २३३ अर्ब ९२ करोड पुग्यो । आर्थिक वर्ष २०१८-१९ मा कोभिडअघि २०५ अर्ब ५१ करोड रुपैयाँ आयात भएको थियो। आर्थिक वर्ष २०१६-१७ मा १२९ अर्ब ८७ करोडको तुलनामा २०१७–१८ मा रु १५९ अर्ब ९८ करोडको आयात भएको थियो ।
चीनसँगको व्यापारमा नेपालले ठूलो घाटा बेहोर्नुपरेको छ। नेपालले सन् २०२०–२०२१ मा उत्तरी छिमेकीबाट रु २३ खर्ब ९२ अर्ब मूल्यबराबरको सामान आयात गरेको छ भने हिमालपारि निर्यात रु १ अर्ब मात्रै थियो । यसले २३२.९० अर्ब रुपैयाँको व्यापार घाटामा परिणत भएको छ । यो आर्थिक वर्ष २०२०-२१ मा नेपालको कुल व्यापार घाटाको १४ प्रतिशत थियो । सन् २०१५ मा नेपाल सरकारले निर्यात शुल्क हटाएपछि चीनसँगको व्यापार फस्टाउन थालेको थियो । आर्थिक वर्ष २०१५-१६ मा नेपाल विनाशकारी भूकम्पबाट प्रभावित हुँदा चीनबाट आयात रु ११६.११ अर्ब रहेको थियो । यो सन् २०१४–१५ मा रु ९९.२८ अर्बले बढी थियो । गएको सात वर्षमा चीनबाट आयात तीन गुणा ले वृद्धि भएको छ।
नेपाल विदेश व्यापार संघका अध्यक्ष सुनिल कुमार धानुकाले महामारी पछी ढुवानी खर्च अत्यधिक बढेको बताउनुहुन्छ । चीनबाट नेपालमा २० फुटको कन्टेनर ढुवानी गर्न हाल ६ हजार ६ सय ५० अमेरिकी डलर र ४० फुटको कन्टेनर ढुवानी गर्न १० हजार ५ सय अमेरिकी डलर देखि ११ हजार ५ सय लाग्छ । यो महामारी अघि २० फुटको कन्टेनरको लागि १,८००-२,००० अमेरिकी डलर र ४० फुटको कन्टेनरको लागि २,८०० अमेरिकी डलर थियो। माल ढुवानी लागतमा वृद्धि हुनुको अर्थ व्यापारीहरूको लागि मालसामानको मूल्यमा २०-२५ प्रतिशत भन्दा बढी वृद्धि हो जसको मार उपभोक्तालाइ परेको छ। ढुवानी लागत नेपाल जस्ता देशहरूमा खाद्य तथा गैर-खाद्य मूल्यको प्रमुख घटक हो। चीन भारतपछि नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो।
नेपालले गत आर्थिक वर्षमा चीनबाट आयात गरेको प्रमुख आयातमा विद्युतीय वस्तु (रु १६.७० अर्ब), मेसिनरी र पार्ट्स (रु २१ अर्ब १७ करोड), तयार गरिएका गार्मेन्ट (रु १७.९६ अर्ब) र दूरसञ्चार उपकरण तथा पार्ट्स (रु ३१.५५ अर्ब) रहेको नेपाल रास्ट्र बैङ्कले जनाएको छ । गत आर्थिक वर्षमा मुलुकले हस्तकला, प्रायः धातु र ऊन, रु १४ करोड ९१ लाख, रु १६ करोड ९५ लाख मूल्य बराबरका अन्य हस्तकलाका सामान र रु २२ करोड ८० लाख मूल्य बराबरको ऊनी कार्पेट चीनतर्फ निर्यात गरेको थियो ।
महामारीले विश्वव्यापी रूपमा भाडा लागत बढाएको छ। फलस्वरूप, वस्तुहरू महँगो भएकाले नेपालजस्ता देशहरूमा मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि भएको छ।
व्यापार र विकासको लागि संयुक्त राष्ट्र सम्मेलन (UNCTAD) ले उच्च ढुवानी लागतले अर्को वर्ष सामानहरू महँगो हुने भविष्यवाणी गरेको छ। नोभेम्बर १८ मा प्रकाशित UNCTAD प्रतिवेदन अनुसार, कन्टेनर ढुवानी दरमा विश्वव्यापी वृद्धिले आयात मूल्यमा ८.७ प्रतिशत वृद्धिको आधारमा अर्को वर्ष अल्पविकसित देशहरूमा उपभोक्ता मूल्यहरू २.२ प्रतिशतले बढाउन सक्छ।
माल ढुवानी, ढुवानी कन्टेनरहरूको अभाव, र सीमित क्षमता र बन्दरगाहहरूमा भीडको मागमा भएको वृद्धिको बीचमा कन्टेनर भाडा दरहरू गगनचुम्बी बन्यो, प्रतिवेदनले भन्यो कि साना अर्थतन्त्रहरूमा प्रभाव सामान्यतया ठूलो थियो।नेपाल ट्रान्स हिमालयन बोर्डर कमर्स एसोसिएसनका अध्यक्ष अशोककुमार श्रेष्ठले केरुङदेखि ३० किलोमिटरको नेपाल सीमासम्मको ढुवानी शुल्क महामारीअघि रु एक लाखबाट ६ गुणा बढेर प्रति कन्टेनर करिब रु ६ लाख पुगेको बताए । भूकम्पअघि तातोपानी नाकाबाट दैनिक सयभन्दा बढी कार्गो कन्टेनर आउँथे । अहिले दैनिक करिब आठ कन्टेनर केरुङबाट नेपाल आउने गरेको श्रेष्ठले बताए । चीनबाट आयात हुने अधिकांश सामान दशैं र तिहारमा चाडपर्वका लागि बिक्री हुने गरेको छ । तर दुई वर्षदेखि अर्डर गरिएका सामानहरू यति ढिलो आइपुगेका छन् कि तिनीहरूले चाडपर्वको किनमेल सिजन गुमाएका छन्। चीनले नेपाली व्यापारीलाई भिसा नदिँदा वस्तुगत रूपमा अर्डर गर्नुपर्ने भएकाले गुणस्तरमा ठगी भइरहेको श्रेष्ठले बताए । नेपाली पक्षमा पूर्वाधारको अभाव पनि यसतर्फ कम कन्टेनर आउनुको एउटा कारण हो । ‘कस्टम यार्ड निकै सानो छ,’ श्रेष्ठले भने । ‘लिपिङदेखि बाह्रबिसेसम्म सडक त्यति राम्रो छैन, हरेक वर्ष वर्षायाममा यस्तो समस्या हुने गरेको छ । धेरै आयातकर्ताहरूले घाटा र अनिश्चितताबाट बच्न दक्षिणी सीमा नाका हुँदै आफ्नो भित्रिने कार्गोलाई पुनः रुट गरिरहेका छन्। चीनबाट अर्डर गरिएका सामानहरू सामुद्रिक ढुवानीबाट नेपाल आउन सामान्यतया दुई महिना र कन्टेनर ट्रकबाट उत्तरी सीमानाका ओभरल्याण्ड पुग्न दुई हप्ता लाग्छ। व्यवसायीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, चिनियाँ दूतावास र निजी क्षेत्रको सर्वोच्च निकाय नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लाई आफ्ना समस्याबारे जानकारी गराएका छन् ।
सरकारले थप कन्टेनर नेपाल भित्र्याउन चिनियाँ अधिकारीसँग वार्ता गरिरहेको छ तर व्यापार समस्या भने यथावत छ । भन्सार तथ्याङ्कले चीनतर्फको निर्यात सन् २०१९-२० मा १ अर्ब १९ करोड रुपैयाँबाट गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँमा झरेको देखाएको छ । जुन आर्थिक वर्ष २०१८-१९ को कुल २ अर्ब १० करोड रुपैयाँ ढुवानी भएको तथ्याङ्कको झण्डै आधा हो। नेपाल–चीन सीमामा अघोषित नाकाबन्दी हुँदा नेपाली व्यापारीले सामान आयात गर्न नसक्दा करोडौं रुपैयाँको नोक्सानी बेहोर्नु परेको चिन्ता पनि बढेको छ । व्यापार अर्थशास्त्री पोषराज पाण्डेले भने ।
बीबीसीमा लीक भएको नेपाल सरकारको प्रतिवेदनमा चीनले दुई देशको साझा सिमानामा नेपालतर्फ अतिक्रमण गरेको आरोप लगाएको छ । नेपालले आफ्नो भूमिमा चिनियाँ हस्तक्षेपको आधिकारिक दाबी गरेको यो पहिलो पटक हो ।
नेपालको सुदूरपश्चिमको हुम्ला जिल्लामा चीनले अतिक्रमण गरेको दाबी गरेपछि गत सेप्टेम्बरमा प्रतिवेदन तयार पारिएको थियो । काठमाडौंस्थित चिनियाँ दूतावासले कुनै पनि अतिक्रमण नभएको दाबी गरेको छ । बीबीसीको प्रश्नको नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यो रिपोर्ट अहिलेसम्म प्रकाशित हुनुको कारण स्पष्ट छैन । तर नेपाल सरकारले दक्षिणमा आफ्नो विशाल छिमेकी भारतसँग लामो समयदेखिको सम्बन्धलाई सन्तुलनमा राख्न हालैका वर्षहरूमा चीनसँगको सम्बन्धमा सुधार ल्याएको छ। उक्त रिपोर्टका निष्कर्षले बेइजिङसँगको यी बढ्दो सम्बन्धहरूमा दबाब दिने सम्भावना छ। नेपाल र चीनबीचको सीमा हिमालय पर्वतमालाहुँदै झण्डै १,४०० किमी (८७० माइल) सम्म चल्छ। यो सन् १९६० दशकको सुरुतिर दुई देशबीच हस्ताक्षर गरिएका सन्धिहरूमा गरिएको थियो।
यसको अधिकांश भाग दुर्गम र पुग्नै नसकिने क्षेत्रहरूमा छ। जमिनमा, सीमालाई खम्बाको सिक्रीले छुट्याएको छ ।यसले गर्दा कहिलेकाहीं सीमा कहाँ छ भनेर ठ्याक्कै थाह पाउन गाह्रो हुन्छ। नेपाल सरकारले सम्भावित चिनियाँ अतिक्रमणबारे प्रतिवेदन पछि हुम्ला पठाउने निर्णय गरेको थियो । कतिपयले चीनले सीमाको नेपाली पक्षमा शृंखलाबद्ध भवन निर्माण गरेको दाबी गरेका छन् । टोलीमा प्रहरी र सरकारका प्रतिनिधि थिए ।
बीबीसीलाई पाएको आफ्नो प्रतिवेदनमा उक्त समूहले चिनियाँ सुरक्षा बलको निगरानी गतिविधिले सीमानाको नेपाली तर्फ लालुङजोङ भन्ने ठाउँमा धार्मिक गतिविधिमा प्रतिबन्ध लगाएको पत्ता लगाएको छ। हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र स्थल चीनको सिमानामा पर्ने कैलाश पर्वतसँग नजिक भएको कारणले गर्दा यो क्षेत्र परम्परागत रूपमा तीर्थयात्रीहरूका लागि आकर्षण भएको छ।
प्रतिवेदनमा चीनले नेपाली कृषकहरूलाई चरनमा सीमितता लगाएको पनि निष्कर्ष निकालेको छ । सोही क्षेत्रमा चीनले सीमा स्तम्भ वरिपरि तारबार लगाएर नेपालतर्फ नहर र सडक निर्माण गर्ने प्रयास गरेको फेला परेको छ । तर कार्यदलले सुरुमा नेपाल भित्र निर्माण भएको ठानेका चिनियाँ भवनहरू वास्तवमा सीमानाको चीनतर्फ निर्माण भएको पत्ता लगाएको थियो।
अनुसन्धानकर्ताहरूले स्थानीय नेपालीहरू अक्सर सीमाका विषयहरूबारे कुरा गर्न हिचकिचाउँथे किनभने तिनीहरूमध्ये केही सीमापारि चिनियाँ बजारहरूमा निरन्तर पहुँचमा निर्भर थिए। उक्त प्रतिवेदनले सुरक्षाको प्रत्याभूति गर्न त्यस क्षेत्रमा नेपाली सुरक्षाकर्मी खटाउने सिफारिस गरेको थियो। नेपाल र चीनलाई पनि यस्तो प्रकारको सीमा विवाद समाधान गर्न गठित निस्क्रिय कार्यविधि पुन: सक्रिय गर्न सुझाव दियो l
प्रसिद्ध नक्साकार तथा नेपालको नापी विभागका पूर्व प्रमुख बुढीनारायण श्रेष्ठले नेपाली भूभागलाई अझ राम्रोसँग जोगाउनका लागि सीमानाका छेउछाउमा बसोबास गर्ने मानिसलाई त्यो ठाउँ कहाँ छ भन्ने स्पष्टसँग बताउनुपर्ने बताए । चीनले कुनै पनि अतिक्रमण अस्वीकार गरेकोले, नेपालसँगको आफ्नो सिमानामा नियन्त्रण गर्नको लागि यसको उद्देश्य के हुन सक्छ भन्ने स्पष्ट छैन, तर सुरक्षा एक कारण हुन सक्छ।
ऐतिहासिक रूपमा तीर्थयात्री र व्यापारीहरू सहित केही अनौपचारिक सीमापार आवतजावत थियो, तर चीनले बिस्तारै यो आवागमनमा रोक लगाएको छ। काठमाडौंको एक थिंक-ट्याङ्कमा काम गर्ने पूर्व नेपाली कूटनीतिज्ञ विजयकान्त कर्णले बेइजिङले आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी भारतको बारेमा चिन्तित हुन सक्ने बताए जससँग यसको आफ्नै सीमा समस्या छ। "यस्तो देखिन्छ कि उनीहरू बाहिरी शक्तिहरूको घुसपैठको बारेमा चिन्तित छन्, त्यसैले उनीहरू सीमापार सम्बन्ध विच्छेद गर्न चाहन्छन्," उनले भने।
चीनको सिमानामा संग रहेको क्षेत्र तिब्बत होl जहाँबाट धेरै मानिसहरू बेइजिङको दमनबाट बच्न भागेका छन्। नेपालमा करिब २० हजार तिब्बती शरणार्थीहरू बस्छन्; अरूहरू भारत र अन्य ठाउँमा आफ्नो बाटो हुँदै गए। हालैका वर्षहरूमा चीनले यो भाग्ने बाटो बन्द गर्ने प्रयास गरेको छ। विगत दुई वर्षदेखि नेपालमा चिनियाँ अतिक्रमणको खबर आएपछि नेपालको राजधानी काठमाडौंमा बेलाबेलामा विरोध प्रदर्शन हुने गरेको छ । पछिल्लो प्रदर्शन गत महिना मात्र भएको थियो।
यसको जवाफमा चिनियाँ दूतावासले जनवरीमा एक विज्ञप्ति जारी गर्दै भन्यो: "यसमा कुनै विवाद छैन। यो आशा छ कि नेपाली जनतालाई गलत व्यक्तिगत रिपोर्टहरूद्वारा भ्रमित गरिनेछैन।" तर, दूतावासले अप्रकाशित प्रतिवेदनमा राखिएका विशेष आरोपहरूबारे बीबीसीलाई कुनै प्रतिक्रिया दिएको छैन। नेपाल सरकारले बेइजिङसँग सीमा विवाद उठाएको मानिन्छ तर चीनले जवाफमा के भन्यो भन्ने कुरा भने बोलेको छैन । बीबीसी
काठमाडौं : भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास लिईएको छ ।
उक्त परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको नेपालस्थित् भारतीय दूतावासले जनाएको छ । र, उक्त पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको पनि जनाईएको छ ।
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको हो ।
राजदूत क्वात्राले कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६।३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् ।
मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको भारतीय राजदूतावासले जनाएको छ ।
आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिनेछन् । नेपालमा माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ ।
नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेछ । दूतावासका सामाजिक सञ्जाल ह्याण्डलहरु मार्फत उक्त कार्यक्रम लाइभ प्रसारण गरिएको थियो ।
काठमाडौं – प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार काठमाडौंमा मात्रै १३३, ललितपुरमा ३४ र भक्तपुरमा २४ जना गुण्डागर्दीमा संलग्न रहेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार काठमाडौंमा मात्रै १६ जना ‘क’, ५६ जना ‘ख’ र ४० जना ‘ग’ श्रेणीका गुण्डा छन् । बौद्ध, गौशाला, महाराजगञ्ज र बानेश्वर क्षेत्रमा मात्रै ६५ गुण्डा सक्रिय छन् । जस मध्ये दावा लामा, विष्णु लामा, सूर्य लामा, बुद्ध लामा, झिंगे भनिने सञ्जय लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, सानो सगनु भन्ने भुमबहादुर श्रेष्ठ, सगुन श्रेष्ठ (ठुलो)लगायतका व्यक्तिहरू कांग्रेससँग आवद्ध छन् ।
सञ्जय लामा अर्थात झिङ्गे बौद्धलाई आधारक्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । सिन्धुपाल्चोकका तरुण दल उपाध्यक्ष समेत रहेका श्रेष्ठ पछिल्लो समय आफ्नो आपराधिक ग्याङलाई मजबुत बनाउन झिङ्गेसँग मितेरी साईनो गाँसेर आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले केहि समअघि मात्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ स्थित गुम्बा गाउँमा स्थानीय पासलाल तामाङमाथि उनिकै ज्वाईं पर्ने आयुस तामाङलाई सुपारी दिएर खुकुरी प्रहार गर्न लगाएको खुलेको थियो । अहिले आयुस तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ भने झिंगे फरार छन् ।
चाबहिल क्षेत्रका पुराना गुन्डा नाइके राजु गोर्खाली पहिला एमाले निकट थिए । अहिले कांग्रेसको महाधिबेशन प्रतिनिधि चुनिएका छन् । जोरपाटीका गुण्डा प्रकाश गोले पनि नेकपा एमालेसँग जोडिएका छन् । नारायणटारका लम्बु निमा शेर्पा, आशिष राई, महाराजगञ्जका तेजेन्द्र गुरुङ, अमृतमान लामा, अमित लामा, सूर्य गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ र निरज लामा पनि एमालेसँग आबद्ध छन् ।
महाराजगञ्जका पुराना गुण्डा चक्रे मिलन भनिने मिलन गुरुङ पनि नेकपा एमालेसँग नजिक छन् । उनी ठेक्कापट्टा, टेण्डर र मिटरब्याज सम्बन्धी कारोबारमा सक्रिय रहेको प्रहरी अभिलेखले देखाउँछ । त्यसैगरी गोंगबुका हापा गुरुङ पनि एमाले निकट छन्् । प्रहरी अभिलेख अनुसार, गुण्डागर्दीमा सक्रिय गौरीघाटका गोपाल थापा र सिफलका प्रतीक हवल्दार श्रेष्ठ माओवादी केन्द्र निकट छन् । राप्रपाका राम श्रेष्ठ पनि गुण्डागर्दीमा संलग्नको सूचीमा छन् ।
सोह्रखुट्टे, जनसेवा, बालाजु, कमलपोखरी र दरबारमार्ग क्षेत्रमा ६३ जना गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको अभिलेखले देखाउँछ । तीमध्ये अधिकांशको राजनीतिक आस्था खुलेको छैन । तर उनीहरू कुनै न कुनै दलसँग निकट रहेको काठमाडौं प्रहरीका एक अधिकृत बताउँछन् ।
स्वयम्भू आसपासका क्षेत्रमा पाँच जना गुण्डा सक्रिय रहेको प्रहरीको अभिलेखमा छ । तीमध्ये तीन जना नेपाली कांग्रेस र एकरएक जना माओवादी र एमालेसँग जोडिएका छन् । बाघे भनिने शुक्रबहादुर लामा, समिरमान सिंह बस्नेत र विकेश भन्ने सत्यमान लामा नेपाली कांग्रेससँग जोडिएका छन् ।
सीतापाइलाका तुलसी मगर माओवादी र ह्वाइट गुम्बाका चन्द्रबहादुर तामाङ एमालेसम्बद्ध गुण्डा हुन् । पाँचै जनालाई काठमाडौं प्रहरीले ‘क’ वर्गको गुण्डाको सूचीमा राखेको छ । ललितपुर प्रहरीको सूची अनुसार जिल्लामा ३४ गुण्डा नाइके छन् । उनीहरूमध्ये चापागाउँका मीनकृष्ण महर्जन नेपाली कांग्रेससँग जोडिएका छन् । अन्यको राजनीतिक आस्था खुलेको छैन ।
भक्तपुरका सरोज र बाबु थापा राप्रपासँग जोडिएका छन् । दुवाकोटका अनिल थापा, कटुन्जेका दीपक थापा, वसन्त लामा, ठिमीका जीवन श्रेष्ठ, सरेन्द्र दुवाल नेकपा एमाले निकट छन् । सुरेश लामा, बमबहादुर श्रेष्ठ, किशोर नेपाल, सतिश श्रेष्ठ, रवि राना, तेज डंगोल, बमबहादुर श्रेष्ठ, गौरी गुमाञ्जु, दिनेश लामा, रञ्जन सैजु, विष्णु चौगुठी र सतिश धौबन्जार नेपाली कांग्रेस निकट छन् । भक्तपुर–१६ का उज्ज्वल अवाल र बागेश्वरी–१ का रामप्रसाद मास्के नेपाल मजदूर किसान पार्टीसँग निकट छन् ।
काठमाडौं : नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलवार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि १५६ रनको लक्ष्य पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १०५ रन मात्र बनाउन सक्यो ।
बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । उनले ३३ बल खेल्दै तीन चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका हाने । रामनरेश गिरी २२ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच, सागर ढकालले दुई तथा आरिफ शेखले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले पाँच विकेट गुमाएर १५५ रन जोड्यो । पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रनको योगदान दिए । दिलिप नाथले ३१ तथा अनिल साहले २५ रन बनाए । बलिङतर्फ बागमतीका नन्दन यादव र रिजन ढकालले दुई–दुई र प्रतिस जिसीले एक विकेट लिए ।
आज देखि काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुन गइरहेको 'इन्टरप्रेज इन्डिया एक्जिबिसन' मुख्य रुपमा व्यपार सुदृढ गर्ने र दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रित हुने भएको छ ।
"अहिले कोरोना महामारीको असर नेपालमा परेको देखिन्छ। मलाई लाग्छ, यहाँ पोस्ट र महामारी अघिका परिदृश्यहरूको तुलनामा व्यापार सामान्य हुँदै गइरहेको छ। महामारी अघि सन् २०१९ को डिसेम्बरमा पनि सोही प्रकारको कार्यक्रम आयोजना गरिएको थियो । प्रदर्शनीका प्रबन्धकीय पक्षहरूको हेरचाह गर्दै स्टार्ट प्रदर्शनीका प्रबन्ध निर्देशक जाकिर अहमद खानले बताए।
इन्डियन चार्ज्स डी'अफेयर्स नाम्ग्या सी. खाम्पाले प्रदर्शनीको उद्घाटन गर्दै यसमा सहभागी भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रिया गरे । उनले दुई देशबीचको व्यावसायिक सम्बन्धलाई अझ मजबुत बनाउनका लागि नेपाली उद्यमीहरुसँग बीटुबी साझेदारीको अन्वेषण गर्न पनि आयोजकहरुलाई प्रोत्साहन गरिन् ।
इन्टरप्राइजेज इन्डिया २०७२ को आयोजनामा भारतीय उद्योग वाणिज्य तथा उद्योग मन्त्रालय, भारत सरकारको सहयोगमा भारतीय उद्योग महासंघ (सीआईआई) ले आयोजना गर्दै आएको छ । प्रदर्शनीको उद्देश्य दुवैतर्फ उपलब्ध व्यापारिक अवसरको बारेमा जनचेतना सिर्जना गरी ब्रान्ड इन्डियाको प्रवर्द्धन गर्नुका साथै द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्ने रहेको छ ।
अहिले चलिरहेको प्रदर्शनीले विशेष गरी संयुक्त उद्यम, प्रविधि हस्तान्तरण, मार्केटिङ व्यवस्थाका साथै दुई देशबीचको जन-जन सम्पर्कलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ।
इन्टरप्राइज इण्डिया प्रदर्शनीमा विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने र भारतका विभि!न्न भागबाट आएका ५० भन्दा बढी भारतीय कम्पनीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गरिरहेका छन्, जसमा नेपाली व्यवसायी तथा व्यापारीहरूको पनि उत्साहजनक सहभागिता रहेको छ । (एएनआई)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies